तुलसीपुर,
१-साउन /  तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई खेल नगरीका रुपमा विकास गरेर काम अगाडि वढाए सँगै विभिन्न प्रतियोगिताहरुमा तुलसीपुरको वर्चस्व कायम हुँदै जान थालेको छ ।

भर्खरै काठमाडौमा सम्पन्न ११ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका ६ जनाले स्वर्णपदक पाएका छन् भने १ जनाले रजत पदक पाएका छन् ।

स्वर्ण पदक पाउनेहरुमा गोरखा मावि तुलसीपुरमा अध्ययनरत अरुणा रिजालले २ सय मिटर दौडमा, सीमा चौधरीले ट्रिपल जम्पमा, करुणा रिजालले चार गुणा १ सय मिटर दौडमा, सिमन पाण्डेले १ सयमिटर दौडमा, लेखनाथ महरले ४ गुणा १ सय छात्र दौडमा र महेन्द्र मावि तुलसीपुरका वेदवहादुर वलीले ४ गुणा ४ सय मिटर रिले दौडमा रहेका छन् ।


ADVERTISEMENT

 


उनीहरुमध्ये सिमा चौधरी वाहेक सवैले यस अघिका सवै रेकर्डहरु व्रेक गरेका थिए ।

यसैगरी गोरखा मावि तुलसीपुरकै अभय शाहले कबड्डीमा रजत पदक पाएका थिए ।  राष्ट्रिय स्तरको प्रतियोगितामा विभिन्न पदक पाउने खेलाडीहरुलाई नगरप्रमुख घनश्याम पाण्डेले वधाई दिएका छन् । उनले तुलसीपुरलाई खेल नगरीका रुपमा विकास गर्नुको प्रतिफलका रुपमा यस्ता प्रतियोगिताहरुमा उपलब्धि देखिएको समेत वताएका छन् ।

तुलसीपुरका सबै वडामा खेल मैदान निर्माणको काम तिव्रताका साथमा वढिरहेको भन्दै उनले खेल क्षेत्रको विकासलाई तुलसीपुर उपमहानगरले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।

यसैविच विभिन्न पदक जितेर तुलसीपुरको नाम राखेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले विभिन्न खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । खेलकुद संयोजक अमर नेपाली माइकलले विशेष समारोहको आयोजना गरेर उनीहरुलाई सम्मान गर्ने जानकारी गराएका हुन् । उनले स्वर्ण पदक विजेतालाई ५ हजार र रजत पदक विजेतालाई ३ हजारका दरले पुरस्कृत समेत गरिने वताए ।

प्रतिकृया

प्रतिकृया