शंकर के सी,  सल्यान
२-साउन /  सल्यानको छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०७६,०७७ को लागी ३६ करोड बढी बजेट पास गरेको छ ।

गाउँपालिका अध्यक्ष सन्तोष केसीले प्रस्तुत गरेको अनुमानित ३६ करोड ३४ लाख १४ हजार रुपैयाँ बराबरको बजेट गाउँसभाले पारित गरेको हो ।

बजेटमा भौतिक पूर्वाधार विकास र शैक्षिक ब्यवस्थापनलाई प्राथमिकता दिइएको छ । शैक्षिक जनशक्ति ब्यबस्थापन, पुर्बाधार बिकास, क्षमता बिकास र खेलकुद कार्यक्रमलाई लक्षित गरि २ करोड २४ लाख विनियोजन गरिएको छ । सडक तथा पुर्बाधार बिकासका लागि भन्दै स्काभेटर खरिद गर्न गाउँपालिकाले १ करोड बिनियोजन गरेकोे छ ।

ADVERTISEMENT


  


 


गाउँपालिकाले पुजिगत बिकास खर्च अन्तरगत ११ करोड १५ लाख ९० हजार बिनियोजन गरेको छ । यस्तै शसर्त कार्यक्रम अन्तरगत १५ करोड ५ लाख र प्रशासनिक तथा सन्चालन खर्चतर्फ १० करोड १३ लाख २४ हजार बिनियोजन गरेको छ ।

यसैगरी स्वास्थ्य क्षेत्रमा चेतनामूलक कार्यक्रम, उपचारात्मक सेवा प्रवाह, एक वडा एक बर्थिङ सेन्टर स्थापना, एम्बुलेन्स खरिद तथा मेसिनरी औजार खरिद अन्तरगत ७१ लाख बिनियोजन गरिएको छ ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि र कृषि तालिम र अनुदानको लागि ३४ लाख र पशुपालनका लागि व्यावसायिक प्रबर्दनका लागि ३४ लाख बजेट बिनियोजन गरिएको छ ।
खानेपानी अन्तरगत सबै वडाहरुमा खानेपनि बिस्तार गर्ने र पन्नेताल, लेखपोखरा, ज्यामिरे, दमाचौर, लान्तीमा संचालन भएका बहुबर्षिय योजनाको क्रमागत संचालनका लागि १ करोड ४५ लाख बिनियोजन गरिएको अध्यक्ष केसीले बताए ।

गुरासे युद्ध पर्यटकिय क्षेत्र बिकास, छत्रेश्वरि मन्दिर ,खड्कदेबि मन्दिर धार्मिक पर्यटन प्रबद्र्धधनका लागि १ करोड ४५ लाख बिनियोजन गरिएको छ । प्रत्येक वडाबाट छनौट भएका शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, सडक पुर्बाधार, महिला, दलित, आदिवासी, जनजाती, मुस्लिम समुदाय, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, महिला लगाएत संग सम्बन्धित योजनाहरुमा ४ करोड ३ लाख बिनियोजन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया