भालुवाङ,
४-साउन /  नेपाली जनसेवा सस्था चेन्नईले देउखुरी लालमटिया स्थित बराखुटीका अपांग पीडित रोमलाल गिरीलाई १० हजार रूपैयाँ सहयोग गरेको छ ।

प्युठान जिल्ला धर्मावती मानागाउँ स्थायी घर भई विगत लामो समयदेखि दक्षिण भारतको चेन्नईमा जागिर गर्दै आएका मीठु पुरीको सक्रियतामा हालै स्थापना भएको सो सस्थाले उक्त रकम सहयोग गरेको हो ।

यसै बिच उक्त रकम राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले पीडित गिरीलाई रकम प्रदान गरेका छन्।


ADVERTISEMENT

 


रकम प्रदान गर्दै अध्यक्ष सुवेदीले लिखित निवेदन सहित आफ्नो पालिका कार्यालयमा आएमा राप्ती गाउँपालिका कार्यालयको तर्फबाट गिरीलाई सक्दो रूपमा आर्थिक सहयोग प्रदान गर्न सकिने वचनबध्द गरेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार बिदुर एम सीले गरेका थिए ।

आज भन्दा ५र६ वर्ष पहिले दक्षिण भारतको चेन्नईमा चौकीदारको काम गर्दै आएका गिरीको एक्कासी लडेर ढाड भाँचिए पछि मालिकले झण्डै १ लाख ५० हजार भारतीय रूपैयाँमा ढाडको शल्यक्रिया भएपनि उनी पुर्णरूपले सन्चो हुन सकेनन् अन्तत उनी अपांग हुनु परेको हो भने अस्पतालमा उपचारका भइरहेका बेला श्रीमती परपुरूष सँग गएपछि उनी माथि झन ठुलो समस्या आइपरेको छ ।

अहिले उनी एक मात्र ८ वर्षिय छोरा मनोजको साहारामा सानो झुपडी घरमा जिवन बिताइरहेका छन् । हाल सम्म गिरीले नेपाली जनसेवा संस्था चेन्नई भारतबाट २ हजार भारतीय रूपैया पढाई सहयोग, योग कलथ हाउस लालमटियाबाट पोशाख र भालुवाङ निवासी पोम सुनारबाट एक जोडा जुत्ता सहयोग पाएका छन् ।

प्रतिकृया

प्रतिकृया