तुलसीपुर,
२२-साउन /  सुजुकी मोटरसाईकल तथा स्कुटरको तुलसीपुर डिलरको आधिकारिक बिक्रेता न्यू केसी अटो मोवाईलसले यस बर्ष पनि नेपालभरको अर्वोत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ ।

गत बर्ष पनि उक्त डिलरले उत्कृष्ट अवार्ड प्राप्त गर्न सफल भएको थियो । गएको आर्थिक बर्ष २०७५/०७६ मा उत्कृष्ट बिक्रेताको रुपमा उक्त डिलरलाई अवार्ड प्रदान गरिएको हो।

अघिल्लो बर्ष पनि उत्कृष्ठ बिक्रेताकै रुपमा अवार्ड प्राप्त गर्न सफल भएका उक्त डिलरका सञ्चालक प्रेम केसीले बताए ।

ADVERTISEMENT


  


 


केसी यस क्षेत्रकै कान्छा ब्यबसायी हुन् । २०७३ देखि उक्त डिलरले मोटरसाईकल, स्कुटरसंगै बिभिन्न पार्टस्हरु बिक्री बितरण गर्दै आएको छ, भने मोटरसाईकल तथा स्कुटर मर्मत पनि गर्दै आएको छ ।

सुजुकीले दाङमा २३.५ प्रतिशत हिस्सा ओगटेको छ । उक्त डिलरले सुजुकी जापानिज ब्राण्ड बिक्री गर्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया