तुलसीपुर,
२३-साउन /  राप्ती बबई क्याम्पसको शैक्षिक गुणस्तर बृद्धि गर्नु सबैको दायित्व भएको एक कार्यक्रमका सहभागिले बताएका छन् ।

तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसले बिहीबार तुलसीपुरमा गरेको शैक्षिक विकास तथा उन्नयन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमका सहभागिले शिक्षाको गुणस्तरीयताकालागि जोड दिनुपर्ने बताएका छन् ।

सहभागिले क्याम्पसले पछिल्लो समय शैक्षिक गुणस्तर बढाएको बताउँदै थप शैक्षिक उन्नयन तथा विकासका लागि सरोकारवाला सबैको दायित्व भएको बताएका हुन् ।

ADVERTISEMENT


  


 


क्याम्पस संचालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको अध्यक्षतामा कार्यक्रममा सहभागि तुलसीपुर क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले क्याम्पसको शिक्षाको गुणस्तरतमा आफुहरुको सहयोग र साथ रहेको बताएका छन् ।

सहभागि प्रधानाध्यापकहरुले संचालक समितिमा शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तित्व भएका कारण पनि क्याम्पसमा शिक्षाको गुणस्तर आउनेमा विश्वस्त रहेको बताए । कार्यक्रममा क्याम्पस प्रमुख युवराज रावतले शैक्षिक प्रतिवेदन पेश गर्दै शैक्षिक सुधारमा क्याम्पससंगै विद्यार्थी ,अभिभावक एवं शैक्षिक सरोकारवालाको साथ अनिवार्य रहेको बताए ।

क्याम्पसले शैक्षिक गन्तव्यको रुपमा विद्यार्थीको मन जित्दै गएको भन्दै उनले बताए । संचालक समितिका उपाध्यक्ष मिनराज वलीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा तुलसीपुर क्षेत्रका करिब १६ विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख सुर्यप्रसाद शर्माले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया