शरद रेग्मी, तुलसीपुर
२६-साउन /  दाङको तुलसीपुरमा तीज रम्झम कार्यक्रम हुने भएको छ । मिडिया नेपाल दाङको आयोजनामा दृष्टिबिहीनहरुलाई सहयोण्ग गर्नकालागि अरणीको मैदानमा तिज बिशेष कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने छ । आयोजकले रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गरि भदौको ६ र ७ गते कार्यक्रम हुन लागेको जानकारी दिएको हो ।

रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बक्ताहरुले कलाकारको सम्मान र दर्शकहरुको ब्यबस्थापन मुख्य दायित्व रहेको भन्दै आयोजकलाई कार्यक्रम सफल पार्न सबै संग सहकार्य गर्न सुझाब दिएका छन् ।


ADVERTISEMENT

 


आयोजकले सामाजिक उत्तरदायित्व बहन गर्दै दृष्टिबिहीन परिवारलाई समेत सहयोग गर्ने भनी सञ्चालन गर्नलागेको अभियानको प्रशसा गरेका थिए ।

कार्यक्रमबाट संकलन भएको रकममध्ये १० प्रतिशत रकम रक्षाचौरमा रहेका एउटै परिवारका पाच जना दृष्टिबिहिन रुपा गन्दर्भ परिवारलाई सहयोग गर्ने लक्ष्य समेत रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत ,मिडिया नेपाल दाङका अध्यक्ष तेज वली, आर्थिक सयोजक एसबि वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया

प्रतिकृया