मेगमन बुढा, देउखुरी

२५-साउन /  दाङको गढवा गाउँपालिका वडा नं. १ मलमला स्थित सूर्य सामुदायिक बनमा एकसय बढि बिरुवा रोपिएको छ ।

उपभोक्ता समूहको सक्रियतामा आफ्नै कार्यालय भवन प्राङ्गणमा, बोटल पम्प ६ वटा,अशोक ६० वटा, धुपी सल्ला १० वटा, आँप ४ वटा, अमला ३४ वटा, कागती ४ वटा, सिरखण्ड २ वटा, कपुर दुईवटा, रुद्राक्ष दुईटा, गुल्मोड दुई वटा, लिची तीनवटा, दालचीनी दुईवटा, अनार चारवटा, बेलौती ३ वटा गरि जम्मा १३८ वटा बिरुवा रोपिएको हो ।

समुहका अध्यक्ष सुर्य बहादुर श्रेष्ठ, डिभिजन बन कार्यालय लमहीका निमित्त प्रमुख देवी प्रसाद चौधरी, गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीलगायततको टोलीले बिरुवा रोपेको हो ।

 



ADVERTISEMENT

  


 


बिरुवा रोप्दा वातावरण संरक्षणमा टेवा पुग्ने बक्ताहरुले बताएका थिए ।

प्रतिकृया

प्रतिकृया