तुलसीपुर,
२६-साउन /  सोमबारदेखि दाङको तुलसीपुरमा प्लसटु स्तरीय मिस्टर एण्ड मिस आईकन हुन लागेको छ ।

फ्रिडम युथ क्लबद्वारा आईतबार रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गरेर प्लस टुहरुबाट अडिसन सुरु गर्न लागेको जनाएको हो ।

तुलसीपुरका सबै प्लस टुहरुमा अध्ययनरत बिद्यार्थीहरुकोे सहभागीतामा अडिसन सुरु गर्ने तयारी गरेको कोरियो ग्राफर बिवस भुषालले जानकारी दिए । उनका अनुसार पश्चिम दाङको बिकास र प्रबर्दन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।


ADVERTISEMENT

 


कार्यक्रममा युथ क्लबका अध्यक्ष सन्दिप गौतमले सबै प्लसटुहरुमा अडिसन भैसकेको पछि असोजको पहिलो साता होटल वेष्टर्न पार्टी प्यालेसमा अन्तिम राउन्ड सञ्चालन गरिने समेत जानकारी दिए । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रमोद आचार्यले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया