साउन,
२७-गते / तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने वताएका छन् ।
नेपाल धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै उनले सबै धर्म र संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा)का अवसरमा मुस्लिम समुदायमा शुभकामना दिँदै नगरप्रमुख पाण्डेले परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।
ADVERTISEMENT
यस अवसरमा नगरप्रमुख पाण्डेले इस्लाम धर्मावलम्बीहरूको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना पनि गरेका छन् । उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा योगदान पु-याउने विश्वास पनि लिएका छन् ।