घोराही,
२७-साउन /  त्रिभुवननगर जेसीज दाङले प्रत्येक बर्ष प्रदान गर्दै आएको यज्ञबहादुर बुढाथोकी स्मृती उत्कृष्ठ पुरस्कार फोटो पत्रकार कुलदिप न्यौपानेलाई प्रदान गरेको छ ।

जेसीजले आज एक कार्यक्रमको आयोजना गरी यसबर्ष उक्त पुरस्कार नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिकाका फोटो पत्रकार न्यौपानेलाई प्रदान गरेको हो ।

जेसीजका अध्यक्ष वसन्तराज अधिकारीको अध्यक्षता एवं घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी पुरस्कार प्रदान गरिएको हो ।


ADVERTISEMENT

 


पुरस्कार प्रदान पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले दाङ सहित राप्तीलाई फोटो मार्फत देशबिदेशमा चिनाउन पत्रकार न्यौपानेले ठूलो भूमिका खेलेको उल्लेख गरे  ।

साथै युवाहरुको संस्था जेसीजले गर्दै आएको सामाजिक कामलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो । युवाहरुको सृजनशिलतालाई प्रोत्साहन गरी सामाजिक रुपान्तरणको हिस्सेदार बनेर अघि बढ्न जेसीजलाई आग्रह समेत गरे  ।

कार्यक्रममा बोल्ने बक्ताहरुले जेसीज युवाहरुको क्षमता तथा नेतृत्व विकास गर्ने संस्था भएको भन्दै अब सामाजिक अभियानमा समेत थप क्रियाशिल बन्न सुझाब दिएका छन् ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ चेम्बरका उपाध्यक्ष बलदेब योगी, दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य धनपती शर्मा, नेपाल जेसीजका उपाध्यक्ष लालमणि भण्डारी, जेसीजका पूर्ब अध्यक्षहरु नारायण अधिकारी, मनोज बुढाथोकी, दाङ महिला जेसीजका अध्यक्ष रेखा शर्मा, गतबर्षका पुरस्कृत प्रदिप मजगैयाँ लगाएकाले आ आफ्नो धारणा राखेका थिए ।

पुरस्कार वितरण कार्यक्रमका संयोजक यज्ञबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिब रोशन दाहालले गरेका थिए  ।

प्रतिकृया

प्रतिकृया