आशिष केसी, तुलसीपुर
२८-साउन /  दाङको तुलसीपुर उपमहानगरपालिकाले सडक मिचेर ब्यबसायी गर्दै आएका ठेला जफत गरेको छ ।

मंगलबार तुलसीपुर उपमहानगरपालिकाबाट खटिएको टोलीले बिभिन्न स्थानबाट १२ वटा ठेलाहरु जफत गरेको हो भने फुटपाथमा ब्यबसाय गर्ने ४० जना भन्दा बढिलाई कारवाही गरिएको हो ।

यस अघि पनि पटक–पटक सडक मिचेर ब्यबसाय नगर्न निर्देशन गरेपनि अटेरी गरेपछि उपमहानगरपालिकाले कडाई गरेको तुलसीपुर उपमहानगरपाकिलाका शाखा अधिकृत काजु शर्माले बताए ।

उनका अनुसार मंगलबार तुलसीपुरको विरेन्द्र चोक, विपी चोक,घोराही रोड, लोकसेवा कार्यालय नजिक, बसपार्कलगायतका स्थानमा सडक मिचेर फलफुल, तरकारी, कस्मेटिक, रक्षाबन्धन सामग्री, च्याउ, फलफूलका बिरुवा बेच्दै आएका ब्यबसायीलाई कारबाही गरिएको हो ।


ADVERTISEMENT

 


ति ब्यबसायीबाट दुईसयदेखि दुईहजारसम्म जरिवाना असुल गरेर सामान फिर्ता गरिएको तर ठेला भने फिर्ता नहुँने उनको भनाई थियो । यो अभियानलाई नियमित १० दिनसम्म चलाउने समेत उनले बताए । उनका अनुसार भोली (बुधबार) बसपार्कको पिपलबोटदेखी पातुखोलासम्ममा सडक मिचेर ब्यापार गरेका सम्पूर्ण ठेला जफत गरिनुकासाथै फुटपाथ व्यबसायीलाई कानुनी दायरामा ल्याईने छ ।


शाखा अधिकृत शर्माका अनुसार बजारमा अत्याधिक भिडभाड हुने पूर्वमा गुल्मचोक, पश्चिममा पातुखोला पुल, उत्तरमा कुषि सामग्री कम्पनीको कार्यालय, दक्षिणमा गुम्राह चोकसम्म कुनैपनि ठेला तथा फुटपाथ रुपमा व्यापार नगर्न समेत अनुरोध गरे ।


चाडपर्व नजिकिएसंग बजारमा भिडभाड बढ्ने भएकाले फुटपाथ हटाउन शुरु गरिएको हो । फुटपाथ हटाउने अभियानमा कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’, दीपक कुमालसहित ६ जनाको टोलीले फुटपाथ हटाउन थालेको हो । साथै बुधबारदेखि प्रहरी प्रशासनको पनि सहयोग लिने समेत बताए ।

प्रतिकृया

प्रतिकृया