नोखिराम थापा, सल्यान
२९-साउन /  सल्यानमा करीब २ करोड ५९ लाख बराबरको लागानीमा साबुन उद्योग सञ्चालनमा आएको छ ।

शारदा नगरपालिका वडा न.१ भगवति खोला निवासी प्रकाश बुढाथोकी, राम बहादुर बुढाथोकी, इन्द्र बहादुर बुढाथोकी र सल्यान घर भई हाल दाङग बस्दै आएका राज परियारको लगानीमा शारदा नगरपालिका वडा नं. १ श्रीनगरमा ग्लोबल लाईफ पिआर सावन उद्योग संञ्चालनमा ल्याएको उनीहरुले बताएका छन् ।

आफ्नो सीप र क्षमता हुँदाहुदै पनि बेरोजगारीका कारण नेपाली युवाहरु बिदशी रहेको बेला स्वादेश मै स्वारोजगार बन्न केहि गर्नु पर्छ भनेर सामुहिक लगानिमा सावन उद्योग संञ्चालनमा ल्याएको प्रकाश बुढाथोकिले बताए ।


ADVERTISEMENT

   


यसका लागि सल्यान जिल्लासंगै दाङ,रोल्पा,रुकुम,जाजरकोट र सुर्खेतमा बजार ब्यबस्थापन गर्ने उनले बताए । ग्लोबल लाईफ पिआर साबुन उद्योगमा वृन्दावन,सत्कर्म,नाना र परिपलर ब्रान्डका कपडा धुने सवानहरु उत्पादन भईरहेका छन् ।

उद्योगमा हाललाई दैनिक ३ सय देखि ५ सय काटुन सम्म सावन उत्पादन गर्ने सकिने उद्योगका संचालक राम बहादुर बुढाथोकीले बताए । उद्योग संचालनका लागि बजार बिस्तार संगै सावनको माग बढे ४० देखि ५० जना सम्मलाई रोजगार समेत दिन सकिने बताए ।

प्रतिकृया

प्रतिकृया