घोराही,
३२-साउन / प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरले बनाएका कृत्रिम जलाशयलाई सम्पत्तीकोरुपमा संरक्षण गर्न आग्रह गरेका छन ।

प्रदेश सरकार र स्थानिय सरकारको संयुक्त लगानीमा घोराही १ र २ नम्बर वडाको सिमानामा बनेको चेपे जलाशयको निरिक्षणका क्रममा मुख्यमन्त्री पोख्रेलले विकासको आधारकारुपमा जलाशयलाई लिन आग्रह गरेका हुन ।

निरिक्षणका क्रममा भेला भएका स्थानीयहरुलाई उनले कृत्रिम जलाशय स्थानीयका लागि बरदान सावित हुने बताए। पानी विना विकास र संबृद्धी असम्भब भएको भन्दै मुख्यमन्त्री पोख्रेलले यसको संरक्षण र सदुयोगमा चनाखो बन्न सुझाब दिए ।


ADVERTISEMENT

   


उपमहानगरले बजाएका डेढ दर्जन कृत्रिम जलाशयले दिर्घकालिन महत्व राख्ने भन्दै उनले उत्पादन र आयआर्जन सँग जोडेर लाभ लिन स्थानियहरुलाई उनले आग्रह गरेका छन । त्यसैगरी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कृत्रिम जलाशयलाई बहुउदेश्यीय ढंगबाट आफुहरुले लिएको बताए ।

जलाशयलाई पानीको स्रोतबृद्धी, सिचाई, पर्यटन, माछापालन, डुंगा व्यवसाय सँग जोडेर स्थानियलाई आयआर्जन सँग जोड्ने आफुहरुको योजना रहेको उल्लेख गरे । साथै कुनै पनि जलाशय नुहाउन, पौडिखेल्ने, कपडा धुनका लागि सुरक्षित नभएको भन्दै त्यहाँ नपस्न समेत सबैलाई सचेत  गरे ।

वितेको आर्थिक बर्षमा प्रदेश सरकार र घोराही उपमहानगरको ५०-५० लाख लागतमा चेपे जलाशय निर्माण भएको हो । उपमहानगरले अहिले सम्म विभिन्न वडामा १८ वटा कृत्रिम जलाशय बनाएको छ भने यस बर्ष पनि जलाशय बनाउने योजना अघि सारेको छ ।

प्रतिकृया

प्रतिकृया