आशिष केसी, तुलसीपुर
१-भदौ /  रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको तुलसीपुर शाखाले गएको आर्थिक बर्ष २०७५/०७६ मा २ करोड प्रिमियम संकलण गर्न सफल भएको छ ।

शाखा अधिकृत डम्बर केसीका अनुसार तुलसीपुरबाट उक्त प्रिमियम संकलन गर्न सफल भएको हो । गएको आर्थिक बर्षको चौथो त्रैमासिकमा रिलायन्स लाइफ इन्स्योरेन्सले दुई करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।

अघिल्लो आवको समीक्षा अवधिमा कम्पनीले ७ करोड ९९ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको उनले बताए । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोष १० करोड ६६ लाख रहेको उनले बताए ।


ADVERTISEMENT

   


शनिबार तुलसीपुरमा भएको बार्षिक आय–व्याय विवरण प्रस्तुत तथा रिलायन्स अभिकर्तालाई सम्मान कार्यक्रममा उनले यस्तो बताए । शाखामा हाल २ सय ५० जना रिलायन्स साथी रहेका छन् ।

कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक दीपक कुमार ओलीले गत बर्षमा तुलसीपुर शाखाबाट एजेन्सी म्यानेजर र एजेन्सी डेभलपमेन्ट अफिसर हुन सफल अभिकर्ताहरुलाई सम्मान समेत गरेका थिए । साथै नयां अभिकर्ताहरुलाई स्वागत तथा नयां रिलायन्स साथी हरुलाई तालिम प्रदान गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया