ओमप्रकाश गुप्ता,सिसहनियाँ
४ भदौ/ काठमाडौँबाट रुकुमका लागि छुटेको बा ४ ख १७३२ नम्बरको बस देउखुरीमा दुर्घटना भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ्ग सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ कमलरोड सिसहनियामा दुर्घटना भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा रुकुमका २८ वर्षीय थमबहादुर वली, ४१ वर्षिय माया पुन, ५५ बर्षीय वीना बाठामगर रहेको र एक जनाको भने नाम नखुलेको प्रहरीले बताएको छ । घाइतेहरुको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारपछि डिस्जार्च भइसकेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया