तुलसीपुर
२३ भदौ/ बोनम्यारो पीडित रोल्पा थावाङ ५ निवासी मियुङ्ग पुनलाई आर्थिक सहयोग गरिएको छ ।

आईएमई लाईफ एन्स्योरेन्स घोराही शाखा प्रमुख दिपेन्द्र रावत, प्रदेश प्रमुख यमलाल न्यौपाने,राप्ती मनि ट्रान्सफरका सञ्चालक किरण पुन,अञ्चल प्रमुख रोमलाल लिम्वु नेम्वाङ्को पहलमा संकलन भएको रकम पीडितलाई सहयोग गरिएको हो ।

अल्का अस्पताल काठमाडौंमा उपचार भईरहेका पुनलाई बिभिन्न ब्यक्तिबाट संकलन भएको ७५ हजार ९ सय १० रुपैँया सहयोग गरिएको हो ।यस्तै राप्ती मनि ट्रान्सफरका सञ्चालक किरण पुनले सबैलाई सहयोग गर्न आग्रह गरे । पुन यस अघि पनि सामाजिक कार्यमा सक्रीय रहदै आएका छन् ।


ADVERTISEMENT

   


उनको बोनम्यारो प्रत्यारोपन गर्नुपर्ने भएकाले आर्थिक सहयोग गरिएको हो । घरमा आर्थिक अबस्था कमजोर भएकाले पनि सबैलाई सहयाग गर्न पनि आग्रह गरिएको छ । पुनलाई सहयोग गर्नका लागि ९८६६३०८४४८र९८०६२१८५९३ मा सम्पर्क गर्न सकिन्छ । त्यस्तै ग्लोबल आईएमई बैंकको खाता नंं. ०७०७०१०००८४१७ रहेको छ ।

प्रतिकृया

प्रतिकृया