घोराही
२३ भदौ/ घोराही उपमहानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि विषेश अभियान सञ्चालन गरेको छ ।

उपमहानगरको स्वास्थ्य शाखाले सोमबार जनप्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षा निकायहरु सँग छलफल गरी ‘लामखुट्टेलाई खोज अनि मार’ अभियान सञ्चालन गर्ने भएको छ ।

भोली देखी नै अभियान सञ्चालन गर्ने कार्य योजना बनेको उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिएका छन । पानी जम्ने खाडल तथा भाडोहरुमा बस्ने एडिस नामक लामखुट्टेको टोकाईबाट डेंगु सर्ने भएका कारण खोज अनी मार भन्ने अभियान सँगै सचेतनामूलक कार्यक्रम गर्ने भएको हो ।


ADVERTISEMENT

   


प्रत्येक वडाहरुमा सचेतना अभियान सँगै लामखुट्टे, त्यसको अण्डा र लार्भालाई नष्ट गरिने भएको छ । कार्यक्रममा जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले घोराहीमा अहिले सम्म ७ जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिएका छन ।

त्यस्तै तुलसीपुरमा ६ र बबई गाउँपालिकामा २ जना गरि दाङमा पछिल्लो समय १५ जनामा डेंगुको संक्रमण देखिएको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले डेंगु नियन्त्रणका लागि साझा प्रयास आबस्यक पर्ने बताएका छन । सचेतना अभियान सँगै नष्ट गर्ने काममा सबै लाग्न आग्रह गरेका छन ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले डेंगु रोग नियन्त्रणका लागि सचेतना र लामखुट्टेको टोकाईबाट बच्न सबैलाई आग्रह गरेका छन । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका ठाकुर खनालले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया