निरला अर्याल गैरे,तुलसीपुर
२४ भदौ/ राप्ती आँखा अस्पताल तुलसीपुरले डेंगु रोग नियन्त्रणका लागी आज मंगलबार अस्पतलामा परिसर लगाएत अन्य ठाँउमा विशेष अभियान संचालन गरेको छ ।

लामखुट्टे र लामखुटटेका लार्भा मानएकालागि किट्नाशक औषधी प्रयोग गरी अभियान संञ्चालन गरेको हो । । दाङ सहित देशभर डेंगुका विरामी बढ्दै गएसगैं रोगको जोखिम अत्यधिका मात्रामा बढेकाले यसलाइ नियन्त्रण गर्न अस्पताल प्रशासनले यो अभियानलाइ केही समयसम्म निरन्तरता दिने बताएको छ । किट्नाशक औषधी प्रयोग गरी डेंगु रोग नियन्त्रण गर्न अस्पताल परिसरका विभिन्न कक्ष र अन्य बाहिरी ठाँउहरमा किट्नाशक औषधी छर्र्किएको हो ।

जताततै फोहोर हुनु, पानीका खाल्डा खुल्डी नपुरिनु, घाँसपात नओखल्नु, पानी जम्ने थोत्रा भाडाकुडीहरु फाल्नाले गर्दा लामखुट्टेले बास पाउने हुनाले यसलाइ निराकरण गर्नुपर्ने राप्ती आँखा अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेलले बताए । मानिसहरु डेंगुको आक्रमणबाट प्रभावित भएको हुदाँ यो अभियानलाइ सन्देशको रुपमा फैलाउनुपर्ने समेत बताए ।


ADVERTISEMENT

   


अस्पतालले यो कार्य गरिरहँदा आँखाको उपचार गराउन आउने विरामीहरुले पनि डेंगु रोगको बारेमा जानकारी पाउनुका साथै सचेत पनि बनेका छन् । अस्पतालले गर्ने हरेक क्रियाकलापहरुमा डेंगु रोगको बारेमा निरन्तर रुपमा जानकारी गराएको पनि जनाए ।

आँखाका विरामीहरुलाइ चेकजाँच गर्ने क्रममा डेंगु रोग र लामुखुटटेको टोकाइबाट पनि बच्नुपर्छ भन्ने सन्देश दिन पनि थालिएको नेत्र विशेषज्ञ डा. कौशल पोख्रेलले बताए । प्रायः विरामीहरु निरन्तर रुपमा ज्वोरो आउने टाउको दुख्ने हुदाँसम्म अस्पताल नगएको पाइएको छ भने त्यस्ता विरामीहरुलाइ आँखा अस्पतालले नजिकको स्वास्थ्य चौकी अर्थात अस्पताल जानको लागी निर्देशन दिएको डा.पोख्रेलको भनाइ छ ।

धेरैजसो विरामीहरुले लापरवाही गर्ने, आर्थिक अभाव देखाइ अस्पताल नजाने, कसैको सहारा नहुनुले पनि यो रोग विस्तारित रुपमा फैलिएको हुन सक्ने अनुमान रहको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए ।

पानी जमेको ठाँउमा, सफा पानी, धेरैदिनदेखि संकलित भएको पानीमा विशेष गरी यो लामखुट्टेले अण्डा पार्ने हुनाले यस्तो ठाँउ देखिएमा तुरुन्त पुरिदिन अस्पताल प्रशासनले सवैमा आग्रह समेत गरेको छ ।

प्रतिकृया

प्रतिकृया