तुलसीपुर
२६ भदौ/ दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ लाई बालश्रम मुक्त अभियान अन्तिम चरणमा पुगेको छ ।

वडाध्यक्ष नबराज लामिछानेले अभियान अन्तिम चरणमा पुगेको बताए । वडालाई यही भदौ २८ गते बलश्रम मुक्त बनाईदै छ । मंगलबार तुलसीपुरमा सञ्चार उपसमितिसंग छलफल गर्दै वडाध्यक्ष लामिछानेले यस्तो बताए ।

अहिले वडाका १३ जना बालश्रमिकलाई उद्धार गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । साथै यो अभियानमा पत्रकारहरुको सहयोग आबश्यक पर्ने बताए । उपमहानगरपालिकाका सबै वडाहरुलाई बालश्रम मुक्त बनाउने अभियानलाई अगाडि बढाउने भन्दै आगामी दिनमा पनि पत्रकारको सहयोग आबश्यक पर्ने समेत बताए ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया