अहिले देशका विभिन्न जिल्लामा डेंगुको संक्रमण देखिएको छ । दाङमा पनि अहिलेसम्म २२ जनामा डेंगुको संक्रमण देखिएको छ । तुलसीपुरमा सबैभन्दा बढिमा डेंगुको संक्रमण देखिएको छ । जहाँ १२ जनामा डेंगु भएको छ, भने घोराहीमा ७, बबईमा २ र सल्यानका एकजनामा डेंगु देखिएको छ । यसले दाङ पनि जोखिममा रहेको तर आतिनु पर्ने अवस्था भने छैन् । यसमा सबै निकायले सजक अपनायौं भने डेंगु नियन्त्रण गर्न सकिन्छ ।

एडिज एजिप्टाई तथा एडिज अल्वो पिक्टस नामको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग हो । यहाँको खानेपानी समस्याको मूल कारण देखिएको छ । सर्वसाधारणले खानेपानीको बचत गर्ने बानीका कारण जम्मा गरेको पानीबाटै लामखुट्टेको उत्पत्ति भएको पाईएको छ । सफा पानीमा पोथी लामखुट्टेले अन्डा पार्ने र लार्भा हुर्काउने गरेकाले संक्रमित लामखुट्टेको संख्या बढ्ने गरेको छ । संक्रमित पोथी लामखुट्टेले बिहान, दिउँसो र साँझपख मात्र टोक्छ । लामखुट्टे सफा तथा स्थिर पानीमा मात्र हुर्कन्छ । घर वरपरका खाल्डाखुल्डी तथा खुला भाँडाकुँडामा पानी जम्न दिनु हुँदैन । यदि, घरमा खुला रूपमा पानी जम्मा भए लामखुट्टेले पानीमै अण्डा पार्ने र लार्भा हुर्काउने गर्छ । लामखुट्टको संख्या वृद्धि भई डेंगु रोग फैलन सक्छ । लामखुट्टेको अण्डामा समेत डेंगु भाइरस हुन्छ । एउटा लामखुट्टेले आठ सयदेखि हजार वटासम्म अण्डा पार्छ । त्यस्ता लामखुट्टेलाई मारेर डेंगु नियन्त्रण गर्न सक्नुपर्छ । घरआँगन सफा राखे डेंगुले सताउँदैन । डेंगुका बिरामीमा टाउको दुख्ने, शरीरमा दादुराजस्ता फोका आउने, कलेजो फुल्ने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने, जोर्नी दुख्ने, लक्ष्ण हुन्छन्, भने यसको ठोस उपचार छैन । बिरामीको अवस्था हेरी उपचार गर्नुपर्छ । डेंगु भए, नभएको पत्ताा लगाउन बिरामीको रगत परीक्षण गर्नुपर्छ । चिकित्सकको निगरानीमा औषधि सेवन गर्दा पाँचदेखि सात दिनमा डेंगु निको पार्न सकिन्छ । घरमै बसेर पनि डेंगुको उपचार गर्न सकिन्छ । बिरामीले सिटामोल खाने, पोषिलो झोल पिउने र आराम गरेर झुलभित्र बसेर घरमै पनि उपचार गर्न सकिन्छ ।

डेंगु नियन्त्रण गर्न दाङमा विभिन्न सचेतनामुलक कार्यक्रम पनि भईरहेका छन् । प्रायः शहरी क्षेत्रमा बढि यस्तो समस्या देखिएको छ । विहीबार मात्रै दाङको तुलसीपुर उपमहानगरपालिका र राप्ती लाईफकेयर हस्पिटलले घरघरमा पुगेर सचेतनामुलक कार्यक्रम ग¥यो । घोराहीलगायत अन्य स्थानमा पनि डेंगु नियन्त्रण गर्ने अभियान जारी छ । यो एउटा अभियानले मात्रै पुग्दैन्, आमनागरिकले यो अभियान बुझ्नु पर्छ । यसका लक्षण र न्यूनिकरण गर्ने उपाय सबैले बुझ्न आवश्यक छ । त्यसका लागि सरकारको मुख नै ताक्नु पर्छ, भन्ने छैन् । एउटा सचेत नागरिकले आफ्नो घर–घरमा आफै सचेतना प्रदान गर्न सक्छ । अहिले घर–घरमा तथा गाउँगाउँमा पुग्न स्वास्थ्यकर्मीहरुको अभाव भएकाले हरेक सचेत नागरिकले आफ्नो घरमा आफै सजकता अपनायौं, भने पनि डेंगुलाई न्यूनिकरण गर्न सकिन्छ ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया