असहाय बालविकास नेपाल बिजौरी दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ स्थित दीपेन्द्र माध्यामिक विद्यालय मानपुरमा भोली शनिवार मानपुरमा बृहत् निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गर्ने भएको छ । मौसम परिवर्तनसँगै जिल्लामा भाइरल ज्वरो, डेंगु, पखाला, टाइफाइड, आँखा पाक्ने रोग लगायतका बिरामी बढेपछी निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गर्न थालिएको हो । जहाँ आँखा, नाक, कान, घाँटी, स्त्री रोग, बाल रोग लगायतका विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्ने न् । शिविरमा निशुल्क रगत, पिसाब, मुत्र परिक्षण गरिने छ । यसैसन्दर्भमा हामीले संस्थाका अध्यक्ष बिष्णु चौधरीसंग कुराकानी गरेका छौं ।–सम्पादक

स्वास्थ्य शिविर किन लगाउन लाग्नु भएको हो ?

अहिले मौसम परिवर्तन संगै गाँउ घरमा विभिन्नथरिका रोगहरुको महामारी फैलिएको छ । यसको न्यूनिकरण तथा समाजमा रहेका न्युनस्तरका घरपरिवारलाई सेवा मूलक स्वास्थ्य परिक्षण र जनचेतना फैलाउदै यी रोग र महामारीबाट बच्ने उपायहरुको ज्ञान फैलाउने यो शिविरको मूल उदेश्य हो ।


ADVERTISEMENT

   


शिविरमा के कस्ता कस्ता सेवा प्रदान गरिन्छ ?

शिविरमा विभिन्न किसिमका बिशेषज्ञ डाक्टरहरु आउदै हुनुहुन्छ । हामीले दिने अहिलेको मूख्य सेवाहरु भनेको बालरोग परीक्षण ा ,स्त्रीरोग ,आखा,नाक,कान,घाटी,ल्याव परिक्षण डेङगुरोग,सचेतना र आवश्यक सबै खालका रोगहरुको सल्लाहा सुझाव दिईने छ ।

डाक्टरहरुको को–को आउदैछन ?

हाम्रो शिविरमा आउने डाक्टरहरु, प्रा.डा.संजय पोख्रेल, प्रा.डा.शुनिल कुमार, प्रा.डा.गोकर्ण दाहाल, प्रा.डा.मनोज अधिकारी, प्रा.डा.मङलाकान्त झा, प्रा.डा.मङगलेश्वर मण्डल, प्रा.डा.पुष्पराज पौडेल, प्रा.डा.सन्तोष खनाल, प्रा.डा.चन्द्र कार्की र आखा अस्पतालबाट पनि आखा रोग बिशेषज्ञ आउदैछन ।

खास उद्देश्य के हो ?

पैसा नभएर औषधीका निम्ति रोग पाल्दै बस्न नपरोस गरिब भएकै कारण र चेतना नभएकै कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मुख्य उद्देश्य हो । र हाम्रो लक्ष्य बिषेश गरि हजारदेखि १५ सय जना गरिव दुःखीलाई स्वास्थ्य सेवा प्रदान गर्ने तथा जनचेतना फैलाउने हो ।

लक्षित समुदाय कुन हुन् ?

यो शिविरले यहि वर्ग समुदाय भन्ने त होईन । सामान्यतया सबै खालका वर्ग,समुह र समुदायका निमित्त हुनेछ, तर गरिव दिन दुःखीहरु तथा अति निम्न वर्गका निमित्त बढि लक्षित गरिएको छ ।

तपाई विगत देखि नै यस्तै खालका सामाजिक कार्य गर्दै आउनुभएको छ, यस्तो खालको प्रेरणा कसरी मिल्छ ?

हो मेरो विगत पनि यस्तै अभाव, दुःख, पिडा र सर्घषबाट हुर्किदै आएको छ । हिजो खान नपाउदा राम्रो औषधी उपचार नपाउँदाको पिडा अहिलेपनि मेरा लागि ताजै छ । हो गरिव हुनुको पिडा चेतना नहुनुको पिडा र यस्तै यस्तै खालका समस्याहरुबीचको संर्घषले नै मलाई आज सम्म यहाँसम्म ल्याईपु¥यायो र हिजोको त्यो ईतिहासलाई सम्झन्छु अनि समाज प्रतिको आफ्नो कर्तव्य र दायित्व सम्झदै बोध गर्दै, सधै सामाजिक कार्यहरु गर्ने प्रेरणा मिल्छ । समय र संर्घष नै मानव जातिको प्रेरणाको स्रोत हो ।

अन्त्यमा केही भन्नु छ ?

हामीले गर्दै गरेको शिविरमा सबै किसिमका विशेषज्ञ डाक्टरहरु आउदै हुनुहुन्छ । त्यसैले सबैलाई स्वास्थ्य परीक्षण गरि औषधी लगेर स्वस्थ वन्न तथा स्वास्थ्य नै ठुलो धन भन्ने ज्ञान लिन हार्दिक अनुरोध गर्दछौं ।

प्रतिकृया

प्रतिकृया