तुलसीपुर,
२८-भदौ /  तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित ग्रेट अरनीको ईङ्लिस सेकेन्डरी स्कुलका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत गरिएको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

विद्यालयका प्रिन्सीपल बिष्णुप्रसाद देवकोटाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका संयोजक देवराज बिश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि विश्वकर्माले घोकन्ते शिक्षा भन्दा ब्यबहारिक शिक्षा आबश्यक रहेको बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि एनप्याबसन प्रदेश नं. ५ का अध्यक्ष सुवोध कुमार डाँगीले शिक्षामा निजि क्षेत्रको भूमिका महत्वपूर्ण भएको भन्दै राज्यले उचित सम्मान गर्नुपर्ने बताए ।

 



ADVERTISEMENT

  


 


त्यस अवसरमा विद्यालयका पूर्व अध्यक्ष महेश आचार्य र श्रीधर शर्मा, राप्ती ववई क्याम्पसका सहायक क्याम्पस प्रमुख सूर्य शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सञ्चालक समिति सदस्य नवराज भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा विद्यार्थीहरुले अआफ्नो प्रतिभा राखेका थिए । त्यस अवसरमा विद्यालयलाई माथि उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व प्रिन्सीपल मानबहादुर बस्नेतलाई समेत सम्मान गरिएको थियो ।

साथै बस्नेत सरकारी शिक्षकमा नाम निकालेको बधाई समेत ज्ञापन गरिएको थियो । त्यस अवसरमा बस्नेतले विद्यार्थीहरुले समाज र राज्यकालागि समेत योग्दान गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण सञ्चालक समिति सदस्य नारायण भट्टराईले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया