तुलसीपुर,
२९-भदौ /  तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयले राष्ट्रिय वाल दिवस मनाएको छ । विभिन्न नारा लेखिएका प्ले कार्ड सहितको -यालीले जनबहार चोक,उरहरी चोक हुदै विद्यालयमा आई कार्यक्रममा परिनत भएको थियो ।

शिक्षक थानेश्वर आचार्यको अध्यक्ष तथा प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले वालवालिकाका अधिकारका बारेमा जनचेतना फैलाउनुपर्ने बताएका थिए । अझै पनि समाजमा वालवालिका आफ्नो अधिकार बाट बञ्चित भएको हँुदा यसमा सबै जिम्मेवार भई वाल अधिकार सुनुश्चित बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

 



ADVERTISEMENT

  


 


विद्यालयमा कितावि ज्ञान मात्रै नभई वालवालीकालाई हरेक कुराको शिक्षा दिनुपर्नेमा उनिहरुले जोड दिएका थिए । कार्यक्रममा वालदिवश, दिवशको महत्व र वालअधिकारका बारेमा जानकार समेत गराईएको थियो ।

सो अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक पदम बहादुर वली,शिक्षक क्षेत्र बहादुर गिरी,विद्यार्थी किरण वली लगायतले बोलेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले वाल दिवशलाई समेटेर विविध रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक नारायण प्रसाद भण्डारीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया