भवानी न्यौपाने (भावना)
फागुण महिनाको याम, सबेरै उठेर एउटा कथा लेख्दै थिएँ । ,अधुरो जिन्दगीको शीर्षकमा । रातो घामले स्पर्श गर्दै थियो धर्तीलाई चराहरुले चिरविर मन्द मन्द चिसो वतास सेतो लहरै देखिने हिमालमा सुर्यको रंङ्गीन किरणहरुले पछ्याई रहेका देखिन्थे ।

मेरो अगाडी उभिएर सानी बहिनीले भनी दिदी घर जानुहोस् पैसा सकिएको छ । खानेकुरा पनि लिएर आउनु होला । मलाई त्यस दिन पटक्कै जान मन थिएन घर । लामो बाटो अनि शरीरमा त्यति जाँगर पनि थिएन । आज जाँदिन मेरो प्रत्यूत्तर पछि उस्ले निक्कै कर गर्दै थिई । म भने अस्वीकारको टाउको हल्लाउँदै लेखन मै व्यक्त थिएँ । म कथा लेख्दै थिएँ ।

उता बहिनी जानुस् न मेरो भोलि परीक्षा कसरी जाऊँ तर उस्ले दिदी जानुस् भन्दै साह्रै दिपी गर्न थाली । त्यसैबेला घरवेटी हजुर आमा आउनुभयो । के हो तिमीहरुको छलफल ? उहाँलाई देख्दा हामी थरथर हुन्थ्यौँ । डरले सानी बहिनीले जवाफ दिन हिम्मत गरी दिदीलाई घर जान भन्दै छु खानेकुरा तरकारी पैसा लिन । म मौन भावमै आकाश नियाली रहेँ पुनःउस्ले कर गर्न थाली ।

 



ADVERTISEMENT

  


 


म भोलि जान्छु भनेँ । उस्ले हजुर नजाने भए म जान्छु भन्दै उठेको देख्दा मन नलागी नलागी आफै उठे पछि कपडा बदलेर बाटो तताएँ । मन भरी वाल्यपनको याद बोकेर लामो यात्रा पछि आमा भन्दै घर भित्र पसँे । आमाले हजुर छोरी भित्र आऊ भन्नुभयो ।

सन्तानका लागि आमा जति महान कोही हुन सकदैन । आमाको वात्सल्यता र प्रेमले छोपिदियो मलाई बुवा खोई मैले सोधे । बाहिरतिर निक्लनु भएको छ । अब आउने बेला भयो । म लाडिँदै भोक लाग्यो आमा भनेर बोलँे । मेरो छोरी खाजा तयार गर म पर सरेकी छु ।

आमाके यो वाक्य नसकिँदै मलाई कति भोक लागेको थियो खाउला आमाले दिएको भन्दै भित्र पस्दा उल्टै आफैले पो बनाउनु प¥यो भन्दै आमाको अनुहार हेर्दै उठेर खाजा बनाएँ । आमा छोरीले खायोँ । एकै छिन पछि सन्ध्याले आफ्नो साम्राज्य विस्तार ग¥यो । साझँ झमक्क प¥यो । म सन्ध्याको बत्ति बाल्न पुजाकोठा गएँ । त्यक्तिकैमा वुवा आउनु भयो ।

बुवा हातगोडा धोएर पुजाकोठा गएर पुजामा लीन हुनुभयो । म भान्छा कोठा खाना पकाउन गएँ । तरकारी काट्दै थिएँ । वाहिर आगनमा जुत्ता टक टक आवाज आयो । मैले कुनै प्रवाह नगरी तरकारी काटी नै रहँे । घरमा को हुनुहुन्छ भन्दै तीन जना अपरिचित मान्छे कराएको सुने तर म आफ्नो काममा व्यस्त नै थिएँ ।

पुजा नसकिँदै वुवालाई उठ्न नमिलेर आमाले मलाई नै जाऊ छोरी को हुन बैठक कक्षमा बसाल भन्नु भयो । म डराई डराई बाहिर गएर नमस्कार भन्दै दुई हात जोडेँ । भित्र बस्नुस बुवा पुजामा हुनुहुन्छ एकछिन पछि आउनु हुन्छ भनेँ । उनीहरु बसे म भान्सा गएँ । पुजा सकेर बुवा बाहिर वैठक कक्षमा जानुभयो । उनीहरु सँग पाँच मिनेटको कुराकानी पछि भान्सा आउनुभयो ।

तरकारी अलि धेरै काट ,पाहुना आएका छन भन्नुभयो र मैले तरकारीको मात्रा बढाएँ । बुवा र मैले खाना बनाएर खुवायौँ अनि आफूले खायौँ । चिसो हात्त म हाम्रो अध्ययन कक्ष मा पसँे र केही बेर किताब पढेँ अनि दिनभरको थकान मेट्न सयन कक्षमा प्रवेश गर्दै विस्तारामा पल्टिएँ । आधा घण्टा सम्म पाहुनाहरु संग बसेर उनीहरुलाई सुत्ने व्यवस्था गराई दिएर लगेर सुताऊनु भएछ बुवाले ।

मलाई थाहा भएन म विस्तरामा ढलिसकेकी थिएँ । बुवा ढोका बाहिरबाटै छोरी तल आऊ आमाले बोलाउछिन् । म निदले बोलाएको आँखा नखोलेरै बोलँे बुवा म सुतिसके । भोली बिहान गर्छु । के काम हो ? बुवाले भन्नुभयो एकछिन मात्र हो आऊ । म चुकुल लगाएर सुतेकी हुँदा बुवाले ढोका बाहिर कराई रहनुभयो । छोरी छोरी आमाले बोलाएकी छिन् आऊ के काम छ रे ? उफ आफुलाई कती निद्रा थकाई छ ।

भोली गर्छु भन्दा पनि नहुने भन्दै बाल्यजिद्धीपन देखाउँदै उठेर तल्लो तलामा पुगेँ । आमाले आगो ताप्दै हुनुहुन्थ्यो त्यसबेला बाहिर पानी सहित हल्का असिना परेको रहेछ । म आमा र बाबाको छेउमा गएर बसेकी मात्र के थिएँ । आमाको मुखबाट यस्ता वाक्य फ्रस्फुटन हुन थालेँ । छोरी ती मानिस तिमीलाई हेर्न आएका रहेछन । तिमीलाई देख्न वित्तिकै मन पराए रे ।

केटाको रुप पनि राम्रो रहेछ पढेलेखेका बिहेको कुरा फिक्स भै सकेको छ हाम्रो । तिम्रो ईच्छा अनुसार भविश्यमा पढौली । म एक्कासी मुटु थाम्न नसकेर पानी परिरहेको आँगनमा रुँदै निस्केँ । सारा गाउँ चीर निद्रामा डुव्छ म त्यो चिसो महिनाको पानीमा भिजी रहँे मेरा नयनमा नुनिला कुलेसा धेरै बगे ।

आमा मलाई भित्र तानेर सम्झाउन खोज्दै हुनुहुन्थयो । म वेचैनीले सयन कक्ष गएर ढल्केँ । सारा रात म हावामा उडे,पानीमा बगेँ,मैदानमा पछारिएँ, आकासमा नियाले तर पटक्कै निदाएन । छोरी हुनुको पीडाले कोप¥यो । मलाई पराईको घर देवता जस्ता आमा बुवा छोडेर किन पठाउनु पर्ने ? के म यो घरमा अटाउन सक्दिन र म किन छोरी भएर जन्मेछु यस्तै कुरा खेलिरहे मेरा मानसपटलभरी ।

रातभर म आफै भित्र निमोठिए ,पिल्सीएँ ,थिचिएँ,। विस्तारै रातले विदाई गर्दै विहानले आफ्नो रातो लालित्य छर्दै थियो । धर्तीमा । म उठे नुहाई धुहाई सकेर खानाको तयारी गरँे खाना पकायौ बुवा छोरी मिलेर पाहुनालाई खुवाएर आफुले खायौँ । म आमा संग पैसा मागेर फर्किन थालेँ कोठा । म भन्दा पहिले पाहुना घरतिर जान त्यही बाटोे जाँदै रहेछन । म रोकिएँ अलि पछी हिडँे ।

लामो यात्रा पछी भरे कोठा पुगँे । त्यही बहिनीको अनुहार हेरी रहेँ । अबिराम भावुकतामा डुव्दै । उसैको जिद्धीले म गएकी थिएँ । जान्न भन्दा सुख नै दिईन उस्ले अहिले मेरो जिन्दगी फरक बाटो तिर मोडिदै छ । उप्m भन्दै नमनले बोली रहेँ । घरबेटी आउनुभयो पुनः मलाई घरबाट आएको देखेर अरु दिन भन्दा फरक थिएँ म आज ।

गम्भीर,उदास,बेचैनी देखेर उनीहरुले एकै स्वरमा सोधे आज के भयो ? किन अन्हार उदास ? म आफै पराईको घर पठाउँदै छु भनेर कसरी भनूँ । नभनु त मनले भन भन्छ । अनि यती बोलेँं अव म यो जिल्ला छोड्ने भए रे यो भन्दा बढि बोल्न सकिन । पन्ध्र दिन पछि हाम्रो विदा भयो घर जान कोठाबाट हिड्यौँ बाटोभरी खासै गफगाफ गर्न खोजिन ।

मेरा निर्दोष दृष्टि टाढा टाढा पु¥याउँदै हिडिरहेँ । बाटो कट्यो यात्रा टुङिगिदै थियो हामी तीन बहिनी आफ्नो गाऊँमा प्रवेश ग¥यौँ । घर नजिक हिड्दा हिड्दै घरको गेट नजिक पुगेका मात्र के थियौँ आगनभरी कतै थरी थरीका दालहरु त कतै पहेँला ,राता सिन्का रङगाई रहेका कतै अचार बनाई रहेका ठुलो भीड । मेरो मन भित्र अनौठो संवेगले ढाक्यो ।

माहिली बहिनीले एक्कासी कराउदैँ भनी के हुदँै छ । आँगन भरि यो भीड ? के को तयारी हो यति दिन संगै हुँदा मैले कुन्ठित बनाई राखेको कुरा गाउँका काम गरिराखेका छिमेकी आमा काकीहरुले एकै स्वरमा बोल्नुभयो ठुली नानी भावनाको बिहँे हँुदै छ ।

बहिनी बेस्सरी कराई त्यो भिडमा । यत्रो दिन सम्म हामीलाई यति ठुलो कुरा लुकाएर राख्ने हजुर दिदी कति ठुलो मुटु ? म केही बोलिन म मेरो चिसो मन बोकेर कसरी आँगन टेकेँ भित्र पसेँ पत्तै पाईन । चलचित्रको कृतिम कथा जस्तो लाग्न थाल्यो मलाई जीवन ।

क्रमशः बिहेको दिन नजिकिन थाल्यो । हिन्दु संस्कार अनुसार पराईको घर नगई नहुने मन अमिलो हुन्थ्यो सम्झँदा । एउटा अपरिचित मान्छे नौलो परिवारमा कसरी टिक्ला मेरो मन म सोचिरहन्थेँ । सानै देखि मेरो जिज्ञासु वानी अनि कुनै धार्मिक कार्य भएको ठाउँ होस कि तिर्थ होस् ।

मैले पढेर ठुलो मान्छे हुन पाऊँ भन्थे रे अचेल सुन्छु मेरी देवी जस्ती आमाको मुखबाट । म ठुलो मान्छे बन्छु भन्थेँ रे । त्यो वालकमा न मलाई कसैले सिकाएको न कसैले भन्न लागाएको । म स्वतन्त्र मनमा जे आयोे त्यो बोली दिन्थेँे । सानै देखि विद्यालयमा हुने जुनसुकै कार्यक्रमा भाग लिदा प्रथम द्धितीय स्थान ओगट्थेँ , माया पनि असाध्यै पाउँथे गुरुवर्गहरुबाट ।

अनुशासनमा जहिले पनि पुरस्कार पाई रहन्थेँ । दिनहरु विद्दै गए । यता बिहेको दिन आयो । बिहे भयो मलाई जीवन नाटक झैँ लान्ग थाल्यो । जन्मे हुर्केको स्वर्ग जस्तो घर भगवान जस्ता बुवा आमालाई छोडेर एउटा अज्ञात समाज अपरिचित परिवार संग म कसरी घुल्न सकँुला यही थियो ठुलो चिन्ता । विस्तारै म त्यस घरमा आफ्नो शरीरलाई मुलेर परिवारको सदस्यको सेवा सम्मार गर्न तिर लागँे । मैले मेरा बाहुबुता खन्याएर काम गर्दा पनि कसैलाई खुशी पार्न सकिँन । सबैलाई काम मात्र चाहिन्थ्यो ।

ससुरावुवाले त पटक पटक भन्नुहुन्थ्यो मेरो नजिक उभिएर छोरो त मेरो बहादुर हो बुहारी खत्तम फेला परी । उहाँलाई ठुलो काम गर्न सकने बुहारी चाहिएको रहेछ । म विचरी जन्मेको घरमा चियाको गिलास सम्म नउचालेकी जतिखेर पनि पढ छोराछोरी भन्ने बुवा आमाको कोखबाट जन्मिएकी छोरी । न त कहिले केही गर्न सिकाउनु भएको थियो न मलाई कहिल्य सिन्को उठाउन पठाउनु हुन्थ्यो ।

जेठाजुको परिवार पनि त्यही कारण बर्दिया जिल्ला बस्नु भएको रहेछ । एकदिन जेठाजु दाई बर्दियाबाट आएर भन्नुभयो भावना तिमी यो घरमा बस्न सक्दिनौ, हामी पनि नसकेर निस्केका हौँ तुरुन्त सरुवा मिलाएर कोठा लिएर बस । दिन प्रतिदिन मलाई थेग्न गाह्रो हुँदै गयो ।

मेरो कोमल हातमा ठेला परे । मेरो शरीर दुख्न थाल्यो । बिहे गरेर मलाई एकलै छोडेर श्रीमान अध्ययन गर्न हिड्नुभयो । झन झन कस्टकर हँुदै गयो जीवन । म एस एल सी दिएको कोपीला ।

म अव पढ्न जान्छु भनेर श्रीमान संग सल्लाहा लिएर दाङ आए घोराही कलेज पढ्न थालँे उता शिक्षा आयोग खुल्यो हामी पाचँ जना लेडिज साथीहरुले परीक्षा दियौँ । दुई साथी राधा र मेरो मात्र नाम निस्कियो । सरकारी स्थायी रुपमा शिक्षण पेशाा गर्दै सामाजिक काम गर्दै गएँ । मेरो कोखबाट अञ्जानमै दुई बच्चा जन्मिएँ । श्रीमान अर्को ठाउँ म अर्को ठाउँ भेट पनि कहिले काही सोमबारे औँशी झँै भयो ।

बच्चा साना हुर्काउँदै शिक्षण पेशा प्रति कर्तव्यनिष्ठ हँुदै गएँ । म सानै देखि साहित्यको सुगन्ध चाखेकी केटी मेरो बुवा दाई साहित्यकार । पहिला टाढा जागिर भएपनि खासै निरन्तरता दिन सकिन । जागिर घरनजिक सरुवा भएपछि साहित्य समाजसेवा घरव्यवहार सबैमा खट्दा आफ्नो जीवन नै भुल्थ थालँे । जिन्दगीको गति यसरी नै चलि रह्यो ।

समाज,देश,घर, परिवार प्रतिको मेरो कर्तव्य कहिले कम नगराई हिड्दै गएँ । मान्छे सानै देखि केही उद्येश्य अनुसार अगाडि बढ्दो रहेछ । म पनि समाजमा मेरो कलमबाट केही गर्दैछु । आफ्नो पकेटमा शिक्षण पेशाबाट पाएको तलव भत्ताबाट सामाजिक सेवा गर्दैछु । विस्तारै मेरो खुशीका आयामहरु अंकुराउन थालेका छन अचेल ।

मेरो कामले पाएका राष्ट्रिय तथा अन्तराष्ट्रिय एवं मेची देखी महाकाली सम्मका सम्मानपत्रहरु मेरो घरको भित्ताभरी देख्दा मन आल्हादित हुन्छ । म साहित्यका फुल फुलाउँदै नेपाली आकाशभरि काव्य वाटिकामा सुगन्धित बनाउने प्रण लिएर आफ्नो जीवन होमिसकेकी छु ।

मेरो जीवन कहिले नओईलाउने मखमली ,गोदावरी र सयपत्री झैँ । जीवनभर काव्यजलले मेरो जीवन सिञ्चित गरिरहन पाऊँ बस् यती भए पुग्छ ।

प्रतिकृया

प्रतिकृया