दिप्तीशिखा चौधरी,दंगीशरण
१६ असोज/दंगीशरण गाउँपालिकामा भईरहेको वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्र्तगत गाउँपालिका स्तरिय भलिवल प्रतियोगितामा निराजन चौधरीको “ ए ” टीम विजयी हुन सफल भएको छ ।

आज पहिलो दिन भएको भलिवल प्रतियोगितामा वडा न.३ र वडा न. ५ को “ ए ” टीम बिच भएको प्रतियोगितामा वडा न. ५ को “ ए ” टीम विजयी भएको हो । यस्तै प्रतियोगितामा टोपजंग गिरीको समूह दोस्रो र परशु चौधरीको टिम तृतिय हुन सफल भएको छ ।

आज भएको भलिवल प्रतियोगिताको प्रशिक्षकमा भिम बहादुर डांगी र सञ्जय बस्नेत रहेको थिए । भोली र पर्सी दुई दिन हुने खेलमा ब्याट्मिन्टन खेल खुल्ला २ सय मिटर वडा स्तरीय दौड प्रतियोगिता, वडा स्तरीय महिला कुर्सी दौड प्रतियोगिता, वडा स्तरीय घैटो फोर प्रतियोगिता, १० बर्ष मूनीका बालबालिकाका लागि गोली चम्चा खेल प्रतियोगिता हुनेछ । प्रतियोगितामा सफल हुने खेलाडिहरुलाई मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
दंगीशरणलाई खेलाडिमैत्री बनाउँनुपर्ने
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणलाई खेलाडिमैत्री बनाउँनुपर्ने बताएका छन् । दंगीशरणमा खेलकुदप्रेमी यूवाहरुको सक्रियता हुन आवश्यक रहेको भन्दै उनले अव राष्ट्रिय नभई अन्र्तराष्ट्रिय स्तर सम्म पुग्ने खालको खेलाडि जन्मिन आवश्यक रहेको बताए ।

 



ADVERTISEMENT

  


 


हरेक क्षेत्रमा दंगीशरणलाई माथी उठाउँनुपर्ने भन्दै यूवाहरुको सक्रियताले दंगीशरणको मुहार फेर्न सकिने बताए । उनले अवका दिनमा खेलाडिहरुको बाहुल्यता हुने भन्दै यूवाहरुका लागि आफुले गर्न सक्ने सहयोग गर्न सधै तत्पर रहने बताए ।

आज बाट शुरु भएको वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रमको उद्धघाटन गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले खेलाडि प्रशिक्षक भिम बहादुर डांगीलाई बल हस्ताणतरण गरेर उद्घाटन गरेका थिए ।

दंगीशरण गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको शहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया