लक्ष्मण बस्नेत,तुलसीपुर
१६ असोज/ दाङको तुलसीपुर स्थित अरणीको मैदानमा सञ्चालन भएको दोस्रो तरुण कप फुटबल प्रतियोगिता २०७६ को उपाधी नेपाल तरुणदल तुलसीपुर ३ ले हात पारेको छ ।

तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा संचालित प्रतियोगिताको युएनबिसी घोराही लाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै तरुणदल तुलसीपुर ३ ले उपाधी हात पारेको हो ।

उपाधीसंगै उसले नगद ६६ हजार ६ सय ६६, पुरस्कार तथा कप, हात पारेको छ । त्यस्तै उपबिजेतामा चित्त बुझाउन बाध्य युएनबिसी घोराहीले नगद ३३ हजार ३ सय ३३ र उपबिजेताको कप हात पा‍¥यो ।

 



ADVERTISEMENT

  


 


स्थानीय स्तरमा खेलकुदको पहँुच अभिवृद्धि गर्ने र नयाँ पिँढीलाई फुटबल खेलमा स्थापीत गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा दाङका २० समूहको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा न ३ का अध्यक्ष सुनिलबाबु डाँगीको अध्यक्षता तथा नेपाली काग्रेस दाङका सभापती कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको बिशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद भएको बताए ।कार्यक्रममा नेपाल तरुणदल दाङका अध्यक्ष टीका घर्ती,तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद विकास समितिका सयोजक अमर नेपाली माईकल, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्यबाट ब्यक्तिगत बिधा तर्फ युनएनबिसीका अर्स महरा बेस्ट स्टाईकर,सक्सेसका टंक रेउले बेस्ट किप्पर, नेपाल तरुणदल तुलसीपुर ३ का बिनोद केसी, बेस्ट प्लेयर खेलाडी, बेस्ट डिफेन्स तरुणदल ,तुलसीपुर ३ का कृष्ण क्षेत्री, तुलसीपुर ३ कै आशिष जिसी, बेस्ट मिडफिल्ड र हाई स्कोरर युएनबिसिका आकाश बुढालाई घोषित गरिएको थियो ।

कार्यक्रमको सहजीकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया