घोराही
१९ असोज/ घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित सपना टोल विकास संस्थाले आफै भवन निर्माण गरेको छ । संस्थाले रावतगाउँ स्थित करिब साढे ५ लाख रुपैयाँको लागतमा भवन बनाएको हो ।

टोलले भवन निर्माण गरेपछि वडा नम्बर १६ को कार्यालयले एक लाख रुपैयाँको टिन र फलामका रडहरु उपलब्ध गराएको छ । यसैक्रममा आज उक्त भवनमा नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका छन ।

संस्थाका अध्यक्ष पोस्तक विर वलीको अध्यक्षतामा कार्यक्रम गरि उक्त भवनको नगर प्रमुख चौधरीले उद्घाटन गरेका थिए । टोल विकास संस्थामा आबद्ध करिब ६३ घरका व्यक्तिहरुले मासिक एक सय रुपैयाँ संकलन गरेर भवन बनाएको अध्यक्ष वलीले जानकारी दिएका छन ।

 



ADVERTISEMENT

  


 


भवन उद्घाटन पछि बोल्दै नगर प्रमुख चौधरीले सरकार र स्थानियको सहकार्यबाटै हुने कामहरु दिगो हुने उल्लेख गरेका छन । उक्त भवनलाई बहुउपयोगी बनाई टोल विकास संस्थाका सदस्यहरुको क्षमता विकासमा लगाउन आग्रह समेत गरेका छन ।

अब विकास गाउँ गाउँमा हुने भन्दै टोल विकास संस्थाहरु सरकारको तल्लो तहको सहयोगी पक्ष भएको धारणा राखेका छन । त्यसैगरी वडाका कार्यबहाक अध्यक्ष जगत श्रेष्ठ र सचिब नारायण शर्माले भवन आफै बनाउने र वडाले टिन तथा फलाम उपलब्ध गराउने निर्णय लिएको जानकारी दिएका छन ।

टोल विकास संस्थाहरु नै तल्लो तहको विकास आधार भएको भन्दै उहाँहरुले सबै कुराहरुमा सरकारको भर नपर्न समेत अपिल गरेका छन।

कार्यक्रममा टोल विकास संस्थामा सकृय भएर काम गरेको भन्दै सदस्य नौमाली घर्तीलाई सम्मान गरिएको छ । कार्यक्रमको सहजिकरण सरनरामजाली पुनले गरेका थिए।

प्रतिकृया

प्रतिकृया