काठमाडौं
१९ कात्तिक / मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उमेदवार टुंग्याउन मंगलबार बसेको बैठक निष्कर्षबिहीन टुंगिएको छ ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठक मंगलबार बिहान १० बजे सुरु भएको थियो । १० घण्टा लामो बैठक बसे पनि मनोनयन दर्ता हुनु दुई दिनअघिसम्म पनि उमेदवारको टुंगो लगाउन सकेन ।

दिनभरीमा उमेदवारको टुंगो नलागेपछि बैठकमा संस्थापन पक्षले उमेदवारको निर्णय गर्ने जिम्मा सभापति देउवालाई दिन प्रस्ताव गरेका थिए । तर, संस्थापन इतर समूहले भने त्यसमा असहमति जनाएको थियो ।

अन्य क्षेत्रका उमेदवारको लगभग सकिए पनि कास्की २ मा समस्या भएको छ । कास्की २ मा १६ जना उमेदवारको नाम सिफारिस गरिएको थियो । बैठक बुधबार फेरि बस्ने जनाएको छ । उपनिर्वाचनका लागि बिहीबार चुनावी प्रक्रिया सुरु हुनेछ ।

कांग्रेसले यसअघि एक विज्ञप्ति जारी गर्दै सरकाले प्रदेश प्रमुखको बर्खास्ती गरेर निर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाएको थियो ।

प्रतिकृया

प्रतिकृया