बिष्णुकुमार देवकोटा,दाङ
२३ कात्तिक/ दाङ जिल्लामा छरिएर रहेका टेन्ट तथा साउण्ड व्यवसायीहरुको हक हितलाई संरक्षण गर्न दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरिएको छ । प्रतिष्ठित व्यवसायी सोनीटिभीका प्रोप्रराईटर दामोदर गौतमको अध्यक्षतामा दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरिएको हो ।

टेन्ट तथा साउण्ड सिस्टम व्यवसायलाई मर्यादित बनाई राष्ट्र बिकासमा महत्वपुर्ण टेवा पु¥याउने उद्देश्यले दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरीएको कोषाध्यक्ष समिम सिद्धिकीले जानकारी दिए ।

नव गठीत दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति को उपाध्यक्षमा सकिल अहमद सिद्धिकी, सचिवमा मनोज गुप्ता,कोषाध्यक्षमा समिम सिद्धिकी र सदस्यहरुमा अब्दुल गाजित सिद्धिकी, शिवु सिद्धिकी,प्रबिण कुमार गुप्ता,रोशन कुमार बानिया,प्रदिपक कुमार गुप्ता,राजु गुप्ता र ऋषमान चौधरी रह्ेका छन् ।

 



ADVERTISEMENT

  


 


समितिले टेन्ट तथा साउण्ड सिस्टमको भाडादर समेत कायम गरेको छ । समितिको (शनिबार) घोराहीमा बसेको बैठकले जिल्ला ट्राफिक प्रहरी कार्याला संग समन्वय गर्नै निर्णय गरेको छ ।

यस्तै बैठकले समितिमा ऋण लगानीको निर्ण गर्दै समितिका सदस्यहरुमा ऋण लगानी गर्नकालागि तिन सदस्यीय समिति समेत गठन गरेको छ । उपाध्यक्ष सकिल अहमद सिद्धिकीको संयोजकत्वमा मनोज कुमार गुप्ता र रोसन कुमार बाँनियाँ लाई ऋण समितिको सदस्यमा चयन गरीएको छ ।

यस्तै बैठकले अधिवक्ता ऋषिराज आचार्य लाई कानुन सल्लाहकार एवं पत्रकार बिष्णुकुमार देवकोटा र बिष्णु आर्ट लाई समितिको प्रेस समितिमा राख्ने निर्णय गरेको कोषाध्यक्ष समिम सिद्धिकीले जमनकारी दिए ।

प्रतिकृया

प्रतिकृया