तुलसीपुर
२३ कात्तिक/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ का सचिब   जग प्रशाद शर्मा अपारले नेकपाले नेकपाले एक ईमान्दार, अशल ब्यक्तिलाई चुनावमा उठाएको भन्दै जनताहरु भ्रममा नपर्न आग्रह गरेका छन् ।

मंसीर १४ गतेको चुनावमा प्रतिपक्षले अनेक थरीको नकारात्मक टिप्पनी गर्दै जनताहरुमा भ्रम फैलाईरहेको भन्दै सजग रहन आग्रह गरे । शान्तीनगर गाउँपालिका वडा न. १ हारीचारमा नेकपाले गरेको चुनावी कार्यक्रममा अपारले यस्तो बताए । विकट वडाको रुपमा रहेको हारीचार विकाशको गतीले पछाडि रहेको भन्दै नेकपाले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै योजना अगाडि बढाइसकेको बताए ।

संघ देखि प्रदेश सम्म नेकपा रहेको भन्दै उनले भने अव जनताहरुको हरेक समस्या संग नेकपा हिड्छ । अपारले उत्तर कुमार वलीले पश्चिम पार्टिले टिकट दिएको बताए । दाङको विकाशमा लागेकाले अव बाकि रहेको योजना उहाँको जिवन संगीनी विमलाले पूरा गर्ने भन्दै कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वलीले हारीचराका लागि विधुत, टेलीफोन ल्याउँने कार्य भईरहेको भन्दै यो वडाको विकाश छिटै हुने बताईन् ।

 



ADVERTISEMENT

  


 


बर्षौ देखि यहाँका जनताहरु एैलानी जग्गामा बसेको सुनेर आफुलाई धेरै पिडा भएको भन्दै यसको समस्या छिटै समाधान हुने बताईन । सो सभामा नेकपाका उम्मेद्धार विमला वली श्रीमानको बाकि रहेको काम पूरा गर्ने भन्दै चुनावी मैदानमा आएको भन्दै उनले सबैको साथ सहयोगले आफु भोलीका दिनमा जना को काम गर्ने बताईन् । कार्यक्रममा नेपाली कांग्रेस पार्टि परित्याग गरि ४ जना यूवाहरु पार्टिमा प्रवेश गरेका थिए ।

प्रतिकृया

प्रतिकृया