तुलसीपुर
२३ कात्तिक/ तुलसीपुर उपमहानगरपालिका १५ कोट्टेडाँडामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र पशुसेवा शाखा तुलसीपुरको समन्वय तथा महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड नारायणपुरको आयोजनामा शिविर भएको हो । शिविरमा १० वटा बोकालाई खसी बनाईएको थियो भने ५० वटा गाई, गोरु र भैसीलाई भ्यागुते र चरचरे रोगको भ्याक्सिन दिईएको थियो ।

त्यसैगरी पखाला, ज्वरो, अरुचि, भिटामिन र ढिलो बाली जाने पशुहरुको समस्याको उपचार गरिएको थियो । शिविरमा जम्मा १७३ वटा पशुहरुलाई उपचार तथा भ्याक्सिन दिईएको थियो । कार्यक्रमको बारेमा महिला सामुदायिक लघुवित्त वित्तिय संस्थाका बजार व्यवस्थापक कमला कान्त दाहालले प्रष्ट पारेका थिए ।

महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड नारायणपुर शाखाका प्रबन्धक शिला पुरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न। १५ का वडाध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रतिकृया

प्रतिकृया

 



ADVERTISEMENT