घोराही
२४ कार्तिक/ घोराही उपमहानगरपालिकाले पूर्ण सरसफाई अभियान सुरु गरेको छ । वडा नम्बर १ मा वडा स्तरीय सरसफाई स्वच्छता समन्वय समिति गठन गर्दै पूर्ण सरसफाई अभियानको सुरुवात गरेको हो ।

१९ वटै वडामा सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गरी उपमहानगरको बाताबरण तथा सरसफाई व्यवस्थापन समितिले अभियानको सुरुवात गरेको हो । समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानको सुरुवात गर्दै नगर प्रमुख नरुलाल चौधरीले सरसफाई नै संबृद्धीको आधार भएको बताएका छन ।

सरसफाईको कमि कै कारण मानविय स्वस्थ्य र बाताबरण कमजोर हुदा त्यसले विकास सँगै संबृद्धीमा बाधा पु¥याउने उल्लेख गरेका छन । व्यक्तिगत देखी सामाजिक सफाइको आबस्यक रहेको भन्दै सामाजिक जागरणकारुपमा नगरलाई स्वच्छ र हराभरा बनाउने जानकारी दिएका छन ।

 



ADVERTISEMENT

  


 


त्यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा विभिन्न खाले रोगको संक्रमण फैलिने बताएका छन । व्यक्तिको स्वास्थ्य ठिक भए मात्रै संबृद्धी हासिल गर्न सकिने धारणा राख्दै उहाँले नगरलाई पूर्णसरसफाई युक्त बनाउन लागिएको जानकारी दिएका छन ।

कार्यक्रममा समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डे, सरसफाई तथा स्वच्छता पत्रकार मञ्चका अध्यक्ष गोविन्द खड्काले सरसफाईको कमिकै कारण समाज कुरुप बन्ने र विभिन्न रोग लाग्दा व्यक्तिलाई गरिवी तर्फ लैजाने बताएका छन ।

उपमहानगरले खानेपानी सरसफाई स्वच्छता कार्यविधी तयार गरेर पूर्णसरसफाईका लागि सूचक तयार गरेर काम अघि बढेको शाखा प्रमुख प्रेम केसीले जानकारी दिएका छन । सोही कार्यक्रममा वडा अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा स्वच्छता र विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया