हापुरे,
२९-कात्तिक /  पिपुल्स ल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुल बबई ४ हापुरेको आयोजनामा नृत्य प्रतियोगिता भएको छ । पूर्व प्राथमिक तह इन्चार्ज मनिषा केसीको अध्यक्षता तथा विद्यालयमा प्रधानाध्यापक शान्त बस्नेतको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा कक्षा एल के जीतर्फ करुणा विश्वकर्मा प्रथम, विशाक्षी बस्नेत द्वितीय र ललिता बुढा तृतीय भएका थिए । त्यसैगरी यु के जीतर्फ कृतम पुरी प्रथम, करिष्मा घर्ती द्वितीय र विष्णु रोकाले तृतीय स्थान हाँसिल गरेकी थिईन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा अमृता विश्वकर्मा कविता केसी गोमा केसी ढकाल थिए । कार्यक्रमको सहजीकरण शिक्षक संगीत विश्वकर्माले गरेकी थिइन् ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया