शिबराज पन्थी,गढवा 
५ मंसिर/ विद्यालय समृद्ध भएमा मात्र देशको समेद्धि हुुने प्रतिनिधिसभा दाङ क्षेत्र नं. १ का सांसद मेटमणि चौधरीले बताएका छन । जनता माध्यमिक विद्यालय गढवाको ५९ औं बार्षिकोत्सवको उद्घाटन गर्दै सांसद चौधरीले सो कुरा बताएका हुन ।

जबसम्म विद्यार्थीहरुलाई असल संस्कार र असल शिक्षा सिकाउन सकिदैन तबसम्म राष्ट्रको समृद्धि सम्भव छैन त्यसैले पनि आफूले शिक्षा क्षेत्रमा लगानी गर्दै आएको सांसद चौधरीले बताएका छन । विद्यालयहरुमा भौतिक निर्माण र शिक्षाको गुणस्तरकालागि बजेट अभाव हुने छैन,तपाईहरु कार्यक्रम ल्याउनुस–सांसद चौधरीले भने । कार्यक्रमलाई संबोधन गर्दै सांसद चौधरीले सरकारले निजी तथा अस्थायि शिक्षकहरुको समस्या समाधान गर्न एक खालको रणनिति बनाउदै गरेको बताएका छन ।

यसअघि सांसद चौधरीले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत गढवाको विद्यालयमा ७० लाखको भवन निर्माणका लागि बजेट उपलब्ध गराएका थिए । विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष नवनिधि पन्थीको अध्यक्षता र सांसद चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षप्रेमी बुद्धिजिवीहरु रामप्रसाद गैरे,भगवतीप्रसाद चौधरी,जगतराम यादव,कपिलदेव खनाल,सकुन्तला डिसी,गुणनिधि शर्मा,दिपेन्द्र मावी पर्सेनीका प्रधानाध्यापक लालबहादुर भण्डारी,विद्यालयका पुर्वअध्यक्ष तथा अक्षयकोष संस्थापक रेशम बिसी,शिषक अभिभावक संघका अध्यक्ष दिनमणि आचार्य र गढवा गाउँपालिका वडानं. ७ का वडासदस्य कमला नेपाली लगायतले बोलेका थिए । कार्यक्रममा बिद्यालयका प्रअ रामसुरत यादवले संस्थागत प्रथिवेदन प्रस्तुत गरेका थिए ।

 



ADVERTISEMENT

  


 


सो अवसरमा विद्यालयमा बिभिन्न ब्यक्तित्वहरुद्धारा स्थापना गरिएका शोभाखर शोभादेवी अक्षयकोष,हरीबहादुुर बस्नेत स्मृति अक्षयकोष,ऋषिराम पण्डित स्मृृति अक्षयकोष तथा शुभकला फर्सुराम स्मृति अक्षयकोषका पुरस्कारहरु वितरण गरिएको थियो भने बर्षभरीको पठन पाठनमा उत्कृष्ट हुुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

यसैगरी बिभिन्न समयमा बिद्यालयको विभिन्न समितिहरुमा रहेर काम गरेका गढवा ७ मानपुरका अशोक चौधरीलाई सम्मान गरिएको थियो । उनि हाल अस्वस्थ भएका कारण शिघ्र स्वास्थ्यलाभको कामना गर्दै शिक्षक स्टफहरुबाट रु.२० हजार रुपियाँ उपचारार्थ सहयोग समेत गरिएको विद्यालयले जनाएको छ । शिक्षक उपेन्द्र चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक ठाकुर खनालले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया