शिबराज पन्थी,गढवा 
७ कार्तिक/ शनिवार देउखुरीको लमहीमा आयोजित एक कार्यक्रममा साहित्यकार जागेश्वर शर्माले आफ्नो देशमा कानूनको पालना नगर्ने राजनेताहरुलाई यसरी दह्रो कटाक्ष प्रहार गरेका छन । सिंगापुर गएको बेला कुुनैपनि नेपालीले केराको बोक्रा भूइमा फाल्दैन रे । हाम्रा मन्त्रीहरु पनि त्यहाँ गएभने जेब्रा क्रसिङबाट नै बाटो काट्छन् रे । पार्किङ स्थलभन्दा अन्यत्र गाडी रोक्दैनन् रे । अमेरीकामा नेपालीले छेऊ लागेर तुक्र्याउदैनन् रे ।

अमेरीकामा नेपालीले नक्कली सर्ठिपिकट किनेर शिक्षक बन्ने आँट गर्दैनन् रे । बेलायतमा कुुनै चोर फटाहा वा पुलीसले गिरफ्तार गरेमा नेताले त्यो मेरो मान्छे हो छाडिदेऊ भन्दैनन् रे । दुबहीमा दिउसै जाँड खाएर केटि जिस्क्याउदैनन् रे । मेक्सिकोमा ट्राफिक प्रहरीले केरकार गर्न थाल्यो भने मलाई चिन्छस् भनेर धम्कि दिदैनन् रे । खाडीको कुनै पनि शहरमा नेपालीले गाडी चलाउँदा ट्राफिक नियम पालना गरि तोकिएको स्पिडमा मात्र गाडी चलाउँछन् रे ।

भारतको कुनै ठाउँमा एको नेपालीले पानीको धारा खुल्लै छोडेर हिड्दैनन् रे । अरुदेशमा जाँदा सर्वजनिक सम्पत्तिलाई आफ्नो पैत्रिक सम्पत्ति ठान्दैन रे । यस अर्थमा नेपाल बाहेक अन्य राष्ठ्रमा गएको बेला हरेक नेपालीले त्यहाँको कानून पालना गर्छ तर आफ्नो देशमा चाहे नेता सांसद ,मन्त्री वा नागरिक जो सुुकै नेपालीले पनि कानूनको पालना नगरेर अराजक किन बन्छौं ? हाम्रो देशमा जो चोर उसैको ठूलो स्वर किन हुुन्छ ? साहित्यकार जागेश्वर शर्माले संस्करणमा प्रकाशित बिचारको समिक्षा तथा बिश्लेष गर्दै नियम कानून नमान्ने नेपाली चरित्र र दम्भको गतिलो ब्यङ्य प्रहार गरेका छन ।

नेपाली सिमानाहरुको रक्षा गर्न घर–घरमा भक्तिथापा र बलभद्र कुुवर जस्ता राष्ट्रबादी विरहरु निस्कनुुपर्ने शनिवार देउखुरीको लमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । भक्ति थापा स्मृति प्रतिष्ठान दाङले लमहीमा आयोजना गरेको संस्करण चौमासिक म्याग्जीनको बिमोचन कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपालका सिमानाहरु जोगाउन राजनितिक दलका नेता र आम जनतालाई भक्तिथापा जस्तो राष्ठ्रबादी बन्न आव्हान गरेका हुन् । कार्यक्रममा गितकार तथा साहित्यकार के.डी.शर्मा एकलले सिमाना मिचिएको बेला राजनेता र सरकारलाई गंभिर बन्न यसरी आग्रह गरेका हुन् ।
छिमेकिले आँठो मिच्यो कहाँ जाऊँ महाराज ?
अन्नबाली उतै लग्यो के खाऊँ महाराज ?
बोल्यो भने सिधै गोली ठोक्ने हो कि?
सिमा जोगाउन मैले कुुन गित गाउँ महाराज ?
अलिकति थियो बाजेको लाज अब सर्बाङ्गै भयो ।
कुुन बस्त्र दिन्छौ र मलाई के लाऊँ महाराज ?
गल्ति कमजोरी छ भने मेरो यदि केहि,
तोक उतै छिमेकबाटै के दण्ड पाऊँ महाराज ।
प्रतिष्ठानका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता र लमही नगरपालिकाका मेयर कुलबहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको पहिलो अंक संस्करणको बिमोचन गर्दै प्रमुख अतिथी केसीले समाज रुपान्तरण र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि कला,साहित्य र संस्कृृतिको माध्यम निकै शसक्त हुने गरेको बताएका छन् । देउखुरी क्षेत्रमा धेरै पत्रिकाहरु प्रकाशन भएपनि निरन्तरता पाउन नसकेको भन्दै मेयर केसीले यस पत्रिकाको निरन्तरताका लागि सबैको सकृयता रहेमा नगरपालिकाको पनि सहयोग रहने प्रतिवद्धता ब्यक्त गरेका छन ।

बिमोचित कृतिको समिक्षा अग्रज सहित्यकार जोगेश्वर शर्मा घिमिरेले गरेका थिए । कार्यक्रममा लमही नगरपालिकाका उपमेयर देबका बेल्वासे,सामुुदायिक रेडियो प्रसारक संघ प्रदेश नं. ५ का अध्यक्ष केपि घिमिरे,देउखुरी साहित्य मञ्चका अध्यक्ष हरी पोखे्रल,थारुभाषा साहित्य संरक्षण मञ्चका अध्यक्ष छबिलाल कोपिला,साहित्यकार गंगानाथ कोइराला र अनुसन्धानकर्ता उदयराज आले लगायतले बोलेका थिए ।

 



ADVERTISEMENT

  


 


साहित्यकर्मिहरु खुबीराम आचार्य,केडि शर्मा एकल,शसिधर ज्ञवाली,दामोदर पाण्डे र बिदुुर एमसी लगायतले कार्यक्रममा रचनावाचन गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव हरी बहादुर थापाले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया