मेगमन बुढा, राजपुर
११-मंसिर /  जनज्योति माध्यमिक विद्यालयको ५७ औं बार्षिक उत्सव मंगलवार राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा सम्पन्न भएको छ ।

दाङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रलाई शिक्षाको हव बनाउने बताए । शिक्षा क्षेत्रमा समृद्धि भए मात्र देशको समृद्धि हुने सांसद चौधरीले बताएका थिए। राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालय को ५७ औं बार्षिक उत्सव समारोहलाई संवोधन गर्दै सांसद चौधरीले सो कुरा बताएका थिए ।

देउखुरीका नाका क्षेत्रहरु लगायत राजपुरको सिक्टामा रहेको विद्यालय मा यस वर्ष निर्वाचन क्षेत्रबिकासको बजेट फोकस गरेको र देउखुरीका महत्वपुर्ण शैक्षिक संस्थाहरुको शैक्षिक विकासमा आफ्नो गम्भीरतापुर्वक ध्यान गएको सांसद चौधरीले बताए ।

 



ADVERTISEMENT

  


 


त्यस्तै कार्यक्रममा सांसद चौधरीले आफ्नो सांसद कोष द्वारा यो वर्ष गरिने कार्यहरु खोला,नाकाबाट ३-४ घण्टा हिडेर पढ्नु पर्ने समस्यालाई अब समाधानको लागि एउटा छुट्टै बिद्यार्थी आवासको ब्यवस्थापन जरुरी भएकोले राजपुरको जनज्योति माध्यमिक विद्यालयमा छात्रबास बनाउने र गढवा क्याम्पसलाई बहुप्राविधिक बनाउने,देउखुरी बहुमुखी क्याम्पस,वनगाउँ क्याम्पस तथा ऐरावती क्याम्पस एवं गोबरडिहा कृषि कलेज लगायतका शैक्षिक संस्थाहरुमा एमबिएस र बिएसीको पठनपाठन सुरुवात गराई देउखुरीमा सबै बिषय पढाई हुनेगरी बहुमुखी धारको शिक्षाको हव बनाउने आफ्नो प्रमुख योजना रहेको उनले बताए ।

सो अवसरमा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले राजपुर गाउँपालिका दाङकै सबैभन्दा ठुलो र विकट गाउँपालिका रहेकोेले संघिय सांसद माननीय मेटमणि चौधरीलाई ठुला विकास निर्माणको कार्यमा सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा बिशिष्ट अतिथि अध्यक्ष केसीले अहिले आफुहरुले गाउँपालिकाको तर्फबाट विकास निर्माणको कार्यलाई तिब्र गतिमा गरिरहेको समयमा खोला, नाकाको ठुला विकास निर्माणका कार्यहरु बिजुली, खानेपानी, यातायात, बजारीकरण, उच्च शिक्षा, स्वास्थ्य, संचार लगायतलाई गाउँपालिकाको थोरै बजेटले सम्भव नरहेकोले, संघिय सरकारको बैठकमा यी समस्यालाई प्राथमिकताको साथमा आवाज उठाइदिन समेत सांसदलाई आग्रह गरे ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरिको अध्यक्षता र सांसद चौधरीको प्रमुख आतिथ्यमा तथा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको विशेष आतिथ्यमा भएको वार्षिक उत्सव समारोहमा अवसरमा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादव, नेपाल अभिभावक संघ दाङका अध्यक्ष तथा गढवा बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष रामप्रसाद गैरे, नेपाल शिक्षक महासंघ राजपुर का अध्यक्ष अशोक प्रसाद यादव, सुर्योदय कृषक बहुउद्देश्यिय सहकारी संस्था राजपुरका अध्यक्ष ऋषिराम घिमिरे, विद्यालयका पुर्व अध्यक्ष टोपेन्द्र खनाल,शिक्षक अभिभावक संघका पुर्वअध्यक्ष देव बहादुर केसी,शिक्षक अभिभावक संघका अध्यक्ष माघिराम चौधरी,अभिभावक नारायण पुन,बिद्यार्थी मोहन यादव लगायतकाले कार्यक्रममा मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस्तै विद्यालयको ५७ औं वार्षिक समारोह कार्यक्रम मा बिद्यालयका प्रधानाध्यापक केशवराम यादवले विद्यालयको संस्थागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम को संचालन सो विद्यालयका शिक्षक धर्मराज यादवले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया