मेगमन बुढा, देउखुरी
११-मंसिर /  राप्ती गाउँपालिकाको वडा नं. ४ मझनीगढमा श्रीमदभागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञ शुरु भएको छ । बुधबारदेखि ९ दिनसम्मको लागि सुरु महायज्ञ शुरु भएको हो ।

पहिलो दिनमै १६ लाख भन्दा बढी सहयोग संकलन भएको छ । राप्ती गाउँपालिका वडा नं. ९ देवीकोटको आयोजनामा भएको वडा नं. ४ स्थित मझनीगढमा श्रीमदभागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञ शुरु भएको हो ।

‘हिन्दु धर्मको संरक्षण,सम्वद्र्धन गरी आन्तरीक पर्यटन तथा धार्मिक,साँस्कृतिक तिर्थस्थलको रुपमा विकास गर्ने र भद्राक्षी देवी मन्दिरको भौतिक संरचना तथा भ्यु टावर निर्माणा गर्ने उदेश्यले महायज्ञ सञ्चालन हुन लागेको आयोजकले जानकारी दिएको छ । श्रीमदभागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञ मुल समितिका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता एवम प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको विशेष अतिथिमा उद्घाटन भएको ज्ञानमहायज्ञ कार्यक्रममा सांसद चौधरीले १५ लाख दान सहयोग भएको हो ।

 



ADVERTISEMENT

  


 


सांसद चौधरीले सो दान प्रदान गर्दै आगामी बजेटमा आफुले सो मन्दिरको भौतिक संरचना र भ्यु टावर निर्माणको लागि पुनः १५ लाख बजेट दिने प्रतिबद्धता जाहेर गरे । सो अवसरमा राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले आफ्नो गाउँपालिकाको एक सम्पदा को रूपमा रहेको मन्दिर र निर्माण हुन लागेको भ्यु टावरलाई आगामी दिनमा निरन्तर सहयोग गर्ने बताए । उद्घाटन कार्यक्रमको विशेष अतिथि समेत रहेको अध्यक्ष सुवेदीले एकलाख १ हजर गाउँपालिकद्वारा सहयोग गरेका हुन् ।

समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, किरण भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम को संचालन राप्ती दर्पण टेलिभिजनका कार्यक्रम प्रमुख भानु जोशीले गरेका थिए ।

महायज्ञ मंसिर ११ गते देखि १९ गते सम्म सञ्चालन हुने छ भने महायज्ञमा नेपालका ख्याती प्राप्त पण्डितद्धय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिनाले कथा बाचन गर्ने आयोजकले जानकारी दिएको छ । महायज्ञ सुरु हुन भन्दा पहिला विभिन्न बाजागाजा, झाँकी सहित कलशयात्रा निकालिएको थियो ।

प्रतिकृया

प्रतिकृया