घोराही,
१४-मंसिर / दाङको दुई स्थानमा शान्तिपूर्ण तरीकाले उपनिर्वाचन भैरहेको छ । सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको र मतदाताहरुले निर्वाध ढंगले मतदान गरिहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेससभा २ र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा मतदान भैरहेको छ । निर्वाचन क्षेत्र नम्बर ३ को २ मा ३२ मतदान स्थलका ७७ वटा केन्द्रमा र घोराही १६ मा २ मतदान स्थलको ५ केन्द्रमा शान्तिपूर्ण तरीकाले मतदान भैरहेको हो ।

सुत्केरी आमा देखी जेष्ठ नागरिकहरु समेत उत्साहित भएर मतदानमा सहभागि भएका छन् । प्रदेशसभा सदस्य चुन्नका लागि ६८ हजार ७ सय १९ र घोराही १६ मा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जना मतदान रहेका छन् । अहिले सम्म १६ हजार ४ सय ८९ मत खसेको प्रहरीले जानकारी दिएको छ ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया