मेगमन बुढा, राजपुर
२५-मंसिर /  नेपाल महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड राजपुर शाखा कार्यालयको आयोजना एक दिने वित्तिय साक्षरता प्रशिक्षण तालिम राजपुर गाउँपालिका वडा नं. ३ करंगामा भएको छ ।

मिलिजुली समूहका प्रमुख रुपा शर्मा पुनको अध्यक्षता तथा उद्यम विकास अधिकृत गौरी शर्माको प्रमुख आतिथ्यतामा संचालन भएको तालिममा सो समुहका ४६ जना सदस्यलालाई बचतको महत्त्व,कर्जाको सवल तथा जोखिम का पक्षहरु,बिमा,पशु बिमा,उद्यम विकास कार्यहरू रेमिटान्स बारेमा बारेमा प्रशिक्षण दिइएको थियो ।

तालिममा खेलद्वारा सहभागिलाई आफ्नो परिचय दिलाउदै संञ्चालन भएको तालिमको प्रशिक्षकमा उद्यम विकास अधिकृत गौरी शर्मा र नेपाल महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड राजपुर शाखा प्रमुख विराज योगी रहनु भएको थियो भने कार्यक्रमको संचालन सस्थाका कर्मचारी दिनेश कुमार चौधरीले गरेका थिए ।

ADVERTISEMENT


  


 


प्रतिकृया

प्रतिकृया