मेगमन बुढा, राजपुर
२५-मंसिर /  समानताको पुस्ता बलात्कारको विरुद्धको एक्यवद्धता भन्ने मुल नाराको साथमा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम मंगलबार राजपुर गाउँपालिकामा भएको छ ।

राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको अध्यक्षता तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीको प्रमुख आतिथ्यता र लेखा अधिकृत भरतमणि पोख्रेलको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष यादवले लैङ्गकि हिंसा भन्ने महिलालाई मात्र नभएर पुरुषलाई पनि हुने भएको हुँदा आगामी दिनमा लैङ्गकि हिंसा रहितको समाज निर्माणका निमित्त सम्बन्धि निकाय सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा उहाँले राजपुर गाउँपालिका को तर्फबाट लैङ्गकि हिंसा न्यूनीकरण गर्नको लागि आवश्यक सहयोग हरदम,हरपल गर्ने प्रतिबद्धता जनाएका थिए ।

राजपुर गाउँपालिका र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र एवम ओरेक नेपाल दाङको संयुक्त आयोजनामा मंगलबार समापन भएको कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिम बहादुर खड्का,वडा नम्बर ४ का वडा सदस्य गंगा चौधरी,राजपुर स्वास्थ्य चौकीका कार्यबाहक इन्चार्ज खिम रावत,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सामाजिक परिचालक उत्तम अधिकारी,ओरेक नेपाल दाङका अनमी वसन्ता कुमाल,चंगवा प्रहरी चौकीका प्रहरी प्रमुख नयाँराम कार्की,स्वास्थ्य स्वयंसेवक सीता योगि लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यपालिका सदस्य तथा वडा नम्बर ६ का वडा सदस्य दिलमती वलिको स्वागत मन्तव्य बाट संचालन भएको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा राजपुरका सामाजिक परिचालक कमला पुलामीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया