तुलसीपुर
२५ मंसिर / दाङको एक घरमा बम बिष्फोट भएको छ ।

दाङको गढवा गाउँपालिका वडा नं. २ कोठरी स्थित ४३ बर्षीय धनश्याम चौधरीको घरमा बुधबार बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बम बिस्फोटन भएपछि घरबेटी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए । उनका अनुसार दिउसो साढे २ बजेतिर बिष्फोट भएको हो । चौधरीको दुईतले घरमा अचानक बिष्फोट भएको हो ।

ADVERTISEMENT


  


 


बिष्फोट पस्चात खटिएको टोलीले अनुसन्धान गर्दा चौधरीको उक्त घर भाडामा रहेको बुझिएको छ । माथिल्लो तलामा गोधुली बचत तथा ऋण सहकारी संस्थाको रहेको र अर्को कोठामा भारतबाट माछा मार्ने भनि जिलेटिन ल्याई राखेको पाईएको प्रहरी नायब उपरीक्षक शाहले बताए । यस बिषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिकृया

प्रतिकृया