प्रचण्ड खत्री,रुकुम पुर्ब,
११ पुस/ रुकुमपूर्वमा निःशुल्क माटो परीक्षण शिविरमा एक सय ४० प्रकारका माटोको नमूना परीक्षण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, माटो तथा मल प्रयोगशाला खजुरा बाँकेको प्राविधिक सहयोगमा निःशुल्क माटो परीक्षण शिविर मंगलबारदेखि सञ्चालन भएको हो ।

शिविरमा ओखर जोन कार्यक्रम लागू गरिएका जिल्लाका किसानले ल्याएका माटो परीक्षण गरिएको थियो । शिविरमा माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास र पिएच परीक्षण गरिएको परियोजना कार्यान्वयन एकाइ ओखर जोन रुकुमपूर्वका वरिष्ठ कृषि अधिकृत कफिल अहमदले जानकारी दिए ।

ADVERTISEMENT


  


 


परीक्षणका लागि किसानबाट आएका तीन सयभन्दा बढी माटोको नमूना रहेको र पहिलो दिन एक सय ४० नमूना मात्र परीक्षण गरिएको उनले बताए । ओखर जोन कार्यक्रम लागू भएको क्षेत्रमा खेतीका लागि ‘माटो ठीक छ कि छैन’ भन्ने परीक्षण गरिएको थियो ।

अहिलेसम्म परीक्षण गरिएको माटोमा नाइट्रोजनको कमी रहेको पाइएको माटोेविज्ञ पर्शुराम शर्माले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएको माटोमा फस्फोरको मात्रा कमदेखि मध्यमसम्म रहेको र पिएच भने तटस्थ रहेको पाइएको छ । शिविरमा माटो तथा मल प्रयोगशाला खजुरा बाँकेका माटोविज्ञ शर्मालगायत पाँच जनाको टोलीको सहभागीता रहेको छ ।

प्रतिकृया

प्रतिकृया