शिबराज पन्थी,गढवा
२२ पुस/ सिमसिम पानी परिरहेको थियो । मंगलबार देउखुुरीको कोइलाबासका गल्ली र चोकहरुमा आगोबालेर स्थानीयहरुले जाडो भगाउने जोहो गरिरहेका थिए । जाडोले कठ्याङ्ग्रींदै टुकुर टुकुर लौरो टेकेर जेष्ठनागरिक आमाबुवाहरु वडा कार्यालयमा आउदै गरेको दृष्य देखिन्थ्यो ।

वडा कार्यालय भवन भित्र आगो भने बालिएको थिएन तर ७० बसन्त पार गरेका बृद्ध–बृद्धाहरु गाउँपालिकाले कम्बल वितरण गर्ने खबर सुनेर ओइरिदै थिए । गढवा–८ कोइलाबासका ७२ बर्षिय कालिका गुरुङले दाउरा बेचेर मजदुरी गरेर ज्यान पालेका छन् ।

जाडोले निथ्रुक्क पारेको बेला दाउरा बेचेर बाँचेका आफुजस्ता नागरिकले गाउँपालिकाले दिएको कम्बलबाट न्यानो रात गुुजार्ने उनले बताए । त्यस्तै गढवा ८ कोइलाबास स्थित डाँडागाउँकि ७३ बर्षिय बसन्ती गुरुङका साहारा भन्ने कोहि छैनन्, २ छोरीहरु बिहे गरेर आफ्ना घर गए, बुढा बितेको पनि धेरै भयो, बेसाहारा भएर एक्लै बसिरहेको बेला गाउँपालिकाले कम्बल दिंदा निकै खुसी लागेको उनले बताए । त्यसो त गढवा ८ कोइलाबास बस्ने ७८ बर्षिय हरिहर प्रसाद पाण्डेयले पनि पहिलो पल्ट गाउँपालिकाले दिएको कम्बल पाएको बताए ।

कोइलाबासमै बस्ने ७१ बर्षिय पार्वति बिकका पनि न छोराछोरी न त श्रीमान नै छन् । बेसाहारा बनेकी बिकले कम्बल पाउँदा आँखाबाट आँशुु नै झारीन् । उनिहरु जस्तै डाँडागाउँकि ७७ बर्षिय सेतुगुरुङ, ८० बर्षिय जैबुन निशा खातुन लगायतका २० जनाले जाडोको बेला कम्बल पाउँदा निकै हौसिए ।

गढवा गाउँपालिकाले जाडोको समयमा गरिब, बिपन्न र सिमान्तकृत वर्गका ३०० जना जेष्ठनागरिकहरुलाई चारलाखको बजेटबाट कम्बल वितरण गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बताईन् ।

दाउरा बेचेर तथा मजदुरी गरेर जिवन गुुजारा गरेका जेष्ठ नागरिकहरुलाई हामीले यसपाली कम्बल वितरणको योजना बनाएका छौं–गढवा गाउँपालिकाका योजना शाखा अधिकारी कुलराज चौधरीले बताए । जाडोले कठ्याङ्ग्रीएको बेला कम्बल पाउँदा जेष्ठ नागरिकहरु खुसी भएको बताएका छन् । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले मंगलबार कोइलाबासमा आयोजित एक कार्यक्रमका बिच जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरेकी हुन् ।

कार्यक्रममा सामाजिक शुुरक्षा शाखाका ऋषि यादव, महिला तथा वालवालिका शाखाका संयोजक इश्वरा रावत, योजना शाखाका अधिकारी कुुलराज कुमाल, प्रेस संयोजक शिबराज पन्थी, वडा सचिव लक्ष्मि कँडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन वडा नं. ८ का सामाजिक परिचालक ऋषि चौधरीले गरेका थिए । बुधबार वडा न. १ र २ का जेष्ठ नागरिकहरुलाई कम्बल वितरणको कार्यक्रम रहेको गाउँपालीकाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया