आशिष केसी, तुलसीपुर
२५-पुस /  एनआईसी एशिया बैंक लिमिटेड तुलसीपुर शाखाले बीमा रकम भुक्तानी गरेको छ । शुक्रबार बैकले आफ्नो ‘सुपर चमत्कारीक तलब (बचत) खाता‘ को योजना अन्तर्गतको औषधी उपचार बीमा दाबी भुक्तानी प्रदान गरेको हो ।

बैंकको तुलसीपुर शाखाका खातावाहक शिशिर पौडेल भाईरल ज्वरोका कारण बिरामी हुँदा लागेको औषधी उपचार खर्च वापतको रकम २६ हजार २ सय १५ रुपैयां भुक्तानी गरिएको बैंकका शाखा प्रमुख राजेन्द्र सींहले जानकारी दिए । दाङ तुलसीपुर निवासी पौडेल बिरामी हुँदा राप्ती लाईफ केयर हस्पीटल तुलसीपुरमा भर्ना भएका थिए । उनको उपचारमा खर्च भएको रकम बैकले भुक्तानी गरेको हो ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना निक्षेप योजनामा ग्राहकलाई थप फाइदाहरु प्रदान गर्दैं न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको शाखा प्रमुख सींहले जानकारी दिए ।

२०२० को उपलक्ष्यमा ग्राहकहरुलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरुसहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको उनले बताए ।


‘यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्नेछन् । बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको शाखा प्रमुख सींहले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया