लक्ष्मण बस्नेत, तुलसीपुर
२५-पुस /  दाङको तुलसीपुरमा शुक्रबारदेखि सुरु स्काई वर्थ कप कर्पोरेट फुटसल प्रतियोगिता २०७६ मा आयोजक रोट्रयाक्ट क्लब अफ तुलसीपुर ‘बि’ र डक्टर्स एशोसियन अफ तुलसीपुरले बिजयी सुरुवात गरेका छन् ।

रोट्रयाक्ट क्लब अफ तुलसीपुरको आयोजनामा तुलसीपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा संचालित प्रतियोगिताको उद्घाटन खेलमा एनप्याब्सन दाङ लाई ५ का विरुद्ध १३ गोलको फराकिलो अन्तरले पाखा लगाउदै रोट्रयाक्ट क्लब ‘बि’ ले बिजयी सुरुवात गरेको हो ।

खेलमा रोट्रयाक्ट ‘बि’का हेमराज बस्नेतले सर्वाधिक ५ गोल गरे । त्यस्तै रोट्रयाक्ट ‘ए’ लाई शून्यका बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै डक्टर्स एशोसियनले बिजयी सुरुवात गरेको प्रतियोगिताका संयोजक सुरज राईमाझीले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत सनिवार बिहान ६ बजे हुने पहिलो खेलमा पत्रकार र उद्योग बाणिज्य संघबीच हुनेछ । स्थानीय स्तरमा फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २० हजार पुरस्कार, कप,हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १० हजार तथा कप हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधातर्फ प्लेयर अफ टुर्नामेन्ट र बेस्ट स्कोरर लाई पुरस्कृत गरिने क्लबका अध्यक्ष नवीन कुमार राईले जानकारी दिए । खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री सुरेन्द्र चौधरी र आदेश केसी छन् ।

पुस २६ गते शनिवारसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैबीचच प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देब बहादुर केसीले गरेका हुन् ।

कार्यक्रम क्लबका अध्यक्ष नवीन राईको अध्यक्षता तथा रोटरी क्लबका अध्यक्ष केसीको प्रमुख आतिथ्य तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ,तुलसिपुर उपमहानगरपालिका का युवा तथा खेलकुद संयोजक अमर नेपाली (माईकल) एवं तुलसिपुर उधोग बाणिज्य संघका अध्यक्ष वीर बहादुर रावतको बिशिष्ट आतिथ्यमा भएको हो ।

प्रतियोगिता संयोजक सुरज राईमाझीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण क्लबका महासचिव कमल डाँगीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया