मेगमन बुढा,
२५-पुस /  राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाका को शिवशक्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको हालै सम्पन्न भएको अभिभावक भेलाले मनोनीत श्यामबहादुर झाक्रीको अध्यक्ष मा ९ जना कार्यसमिति गठन भएको छ ।

जसको सदस्यहरुमा पुर्ण बहादुर झाक्री, रतन बहादुर सार्की, तिर्सना घर्ती, हस्तमाली बुढा, दुजि घर्ती,निम कुमारी झाक्री, शेरबहादुर बुढा सदस्य सचिबमा लिलाधर बि.क र सल्लाहकारमा कालुराम बि.क रहेका छन् ।

सो गाउँका समाजसेवी एवम् बुद्धिजीवी तथा जेष्ठ नागरिक चन्द्रबहादुर आलेको अध्यक्षता र कार्यपालिका सदस्य निम कुमारी झाक्रीको प्रमुख आतिथ्यता तथा न्यायक समितिका सदस्य लिलाराम बि.कको विशेष अतिथिमा सम्पन्न भएको भेला कार्यक्रममा सो समिति चयन भएको हो ।

ADVERTISEMENT


  


 


त्यस्तै उक्त भेलाले मंगल खड्काको अध्यक्षता मा ११ जनाको शिक्षक अभिभावक संघ समिति समेत गठन गरेको थियो । त्यसैगरी बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद ग्रहण गर्दै अध्यक्ष झाक्रीले सम्पुर्ण अभिभावक लाई हार्दिक धन्यवाद दिदै विद्यालयको भौतिक संरचना तथा शैक्षिक उन्नतिको लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

विद्यालयका प्रधानध्यापक लिलाधर बि.कले स्वागत मन्तव्य तथा अभिभावक भेला द्वारा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सम्बन्धमा प्रस्त पारेका थिए भने सो कार्यक्रम को सहजीकरण विद्यालयका शिक्षक दामोदर रेग्मीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया