मेगमन बुढा, देउखुरी 
२६-पुल /  सिसहनियाँ उद्योग बाणिज्य संघको आयोजना मा दाङको देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सञ्चालित प्रथम औधोगिक तथा कृषि व्यापारी मेला अझै जारी रहेको छ ।

शुक्रबार एक्सन नायक बिराज भट्ट लगायत थुप्रै कलाकारहरुको प्रस्तुति रहेको थि        यो । विशेष नायक भट्टको प्रतीक्षामा बसेका हजारौं दर्शको आँखा अधिकाङ्सको गेट बाहिर तिरै रहेको थियो । अहिलेका चर्चित गायिका तथा उद्घोष शोभा त्रिपाठी र मोडल तथा गायक बिजय पुनले संयुक्त रुपमा कार्यक्रम संचालन गरिरहेको समयमा जब दिन ढल्नेबेला नायक भट्टको मंचमा प्रवेश भयो तब हजारौं दर्शकको होडिङ्ग र ताली गुर्जयो र मंचको माहुलै बेग्लै भयो ।

हालै आफैले निर्माण गरेका नेपाली चलचित्र साङ्लोको गीतमा नायिका एलिना रायमाझी संग डान्स गरेर अन्य खलनायक चलचित्रकोको गीतमा समेत प्रस्तुति प्रस्तुत गर्दै नायक भट्टले डाइलोक समेत मारेका थिए ।

ADVERTISEMENT


  


 


कार्यक्रममा गायिका लक्ष्मी मल्ल,गायिका तथा उद्घोषिका शोभा त्रिपाठी,गायक विक्रम राना, गायक मोडेल तथा उदघोषक विजय पुन लगायतका कलाकारले दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति राखेका थिए । महोत्सवको शुक्रबार नवौ दिनमा करिव ६ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको सो मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिए ।

यसै बिच महोत्सवको शनिवार दशौ दिन गायक सुनिल गिरी,गायक भुपु पाण्डे ,गायिका शोभा त्रिपाठी,थारू गायक राजेन्द्र चौधरी लगायतका कलाकारहरू आउने व्यवस्थापक हमालले जानकारी दिएका छन् ।

प्रतिकृया

प्रतिकृया