घोराही
२६ पुस/ दाङ महिला जेसिज को ११ औँ पद हस्तान्तरण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । महिला जेसिजका अध्यक्ष रेखा शर्माको अध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यता कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शंकरले संस्था मार्फत समाजमा महिलाहरुको नेतृत्व उत्कृष्ट रहेको बताएका छन । जेसिज नेटवर्क बिश्वब्यापी भएकाले युवाहरुलाई अन्तराष्ट्रिय स्तरमा अगाडी बढाउन सकिने उनको भनाई छ । साथै उनले समाजमा महिलाहरु पहलवान बन्न आवश्यक रहेको बताएका छन ।

कार्यक्रममा दाङ महिला जेसिज २०२० का नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ । जसको अध्यक्षमा जीवा भुसाल, उपाध्यक्षमा बसन्ता भण्डारी, सुजन पौडेल, सिन्धु मल्ल, सहसचिव भुमिका चौधरी, कार्यकारीणी अनिता ढकाल र नारायणी भण्डारीलाई पदभार ग्रहण गरिएको हो ।

ADVERTISEMENT


  


 


त्यस्तै कार्यक्रममा अध्यक्ष जीवा भुसालले महासचिव संगिता भण्डारी, कोषध्यक्षमा सारदा शर्मा, जन सम्पर्क अधिकारी नमा शर्मा र कानुनी सल्लाहकारमा ममता बिष्टलाई मनोनयन गरिएको छ ।

कार्यक्रममा बिभिन्न क्षेत्रमा कृयाशिल महिलाहरुलाई मायाको चिनो प्रदान गरिएको छ । महिला जेसिजका सदस्य नारायणी भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण २०१९ की महासचिव अनिता ढकालले गरेका थिए।

प्रतिकृया

प्रतिकृया