मेगमन बुढा, देउखुरी 
२६-पुस /  दाङ देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे १५औँ बार्षिक साधारण सभा शनिबार लमही नगरपालिका वडा नम्बर ५ लमहीमा सम्पन्न भएको छ ।

खानेपानी संस्थाका अध्यक्ष दण्डिराम चाैधरीकाे अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य माननीय सांसद मेटमणी चाैधरीकाे प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माकाे बिशिस्ट अतिथिमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि चौधरीले अहिले राज्यको नीति अनुसार संविधानमा उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने निर्णय पारित भैसकेकोले राज्यको हरेक तह र तप्का द्वारा नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने अभियानमा लाग्नु पर्ने बताएका हुन् ।

कार्यक्रमको प्रमुख आतिथ्यता समेत रहेका माननीय सांसद चौधरीले पानीकाे स्राेत संरक्षण गरिअहिलेकाे आवश्यकतालाई मध्यनजर गरेर त्यस तर्फ सबैकाे ध्यानजान जरुरी रहेको बताएका थिए ।

तस्तै सो कार्यक्रममा विशिष्ट अतिथि सांसद शर्माले उपभोक्तालाई शुद्ध खानेपानी पुर्‍याउन आवश्यक रहेकाे र नेपालकाे संविधानले हरेक नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने ग्यारेन्टी गरेकोले एक घर एक धाराकाे अभियान सरकारले सञ्चालनमा लिएको बताएका छन् ।

सो समितिका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासे,वडा नम्बर ५ का अध्यक्ष तथा नगर प्रवक्ता विम बहादुर के.सि,खानेपानी उपभोक्ता तथा सर सफाइ घोराहीका अध्यक्ष गुणनिधी पौडेल, लमही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सल्लाहकार कर्ण बहादुर बुढाथोकी, नेपाली काङ्ग्रेस पार्टीका प्रतिनिधि रेशम बहादुर खड्का,राजमोका हरि थापा लगायतका बक्ताले बोलेका हुन् ।

आर्थिक आयव्यय प्रस्तुत समितिका कोषाध्यक्ष जंगबहादुर चौधरीले गरेका थिए भने वार्षिक योजना तथा प्रतिवेदन प्रस्तुत र कार्यक्रमको संचालन सो समितिका सचिब सनम पौडेलले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया