मेगमन बुढा, देउखुरी
२८-पुस / गुरुकुल एकेडेमी दाङले आइतबार लमही नगरपालिका भित्रमा रहेका सस्थागत बिद्यालयका विद्यार्थी तथा पत्रकारहरुको बिचमा अनुभब आदान प्रदानको लागि एक कार्यक्रम सम्पन्न गरेको छ ।

एकेडेमिका डाईरेक्टर डाक्टर मदन वलीको अध्यक्षता तथा नेपाल पत्रकार महा संघ दाङका उपाध्यक्ष लिला शाहको प्रमुख आत्थ्यितामा सम्पन्न भएको सो कार्यक्रममा लमही क्षेत्रमा रहेका बिद्यालयहरुको शीक्षण सिकाई अनुभब तथा गुरुकुलको स्थापना र सक्षण पद्धतिको बारेमा एक अर्काबिचको अनुभब आदान प्रदान गर्दै बर्तमान परिबेशमा विद्यार्थीहरुलाई कसरी जिबन पद्धतीको सस्कार र सस्कृति एवम् रोजगारमुलक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उद्श्यले कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमीका कोर्डिनेटर बसन्त रिजालले जानकारी गराएका थिए ।

गुरुकुललले जिबन पद्धति र सस्कार सहितको शिक्षालाई जोड दिदै आएको पत्रकार सम्मे लनमा जानकारी गराईएको थियो । कार्यक्रम का प्रमुख अतिथि नेपाल पत्रकार महा संघ दाङका उपाध्यक्ष शाहले जिबन पद्धति सस्कार र रोजगार युक्त शिक्षा अहिलेको आबश्यकता भएको बताउएका हुन् । उन्ले विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान सगै जिबन उपयोगि शिक्षा भए शैक्षिक बेरोजगारको समस्या समाधान हुने बताए ।

कार्यक्रममा देउखुरी भ्यालिका प्रीन्सिपल बिपि खनालले अन्तर बिधालयमा रहेको अन्तर निहित सिप र ज्ञानहरुलाई आदान प्रदान गरि अघि बढ्न खोज्नु सुखद भएको बताएका थिए । कार्यक्रममा गुरुकुल एकेडेमिलेअनुसन्धानात्म प्रयोगात्मक,खोजमुलक र ब्यक्तीत्व बिकाश सगै सस्कार सस्कृति तथा राम्रा परम्परालाई अनुशरण गर्दे बिश्वबजारमा बिक्न सक्ने गरेर बिद्यार्थिलाई शिक्षा प्रदान गर्दै आएको जानकारी गराईएको हो ।

सो अबसरमा स्वर्गदारी आश्रम बनगाउ, गोरखा मोर्डन सेकेन्डरी स्कुल लमही र देउखुरी भ्याली गरि तिन बिधालयका शिक्षक र बिधार्थिको सहभागिता थियो । कार्यक्रमको सचालन मुकुन्द गिरीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया